
हरि आचार्य, कपिलवस्तु
जीवनमा थकाई भन्ने शब्द हुदैन भन्ने जननेता मदन भण्डारी र कुशल संगठक एवम् तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रीतको ३० औं स्मृती दिवसको अवसरमा नेकपा (एमाले) कपिलवस्तुले विज्ञप्ती मार्फत स्मरण गदै श्रद्धाञ्जली प्रकट गरेको छ । नेकपाका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा विज्ञप्ती मार्फत स्मरण गर्दै उहाँहरुले देखाएको सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्न सिंगो पार्टी दृढतापूर्वक लाग्ने विश्वास प्रकट गरिएको छ । बहुदलिय जनवादको प्रतिपादक मदन कुमार भण्डारी र कुशल संगठक जीवराज आश्रीतको २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दूर्घटनामा मृत्यु भएको थियो । जन नेता भण्डारीले सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलनले गंभिर धक्का खाएको बेलामा पनि माक्सवादको सृजनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलिय जनवाद सिद्धान्त प्रतिपादन गर्नु भएको थियो । कुशल संगठक जीवराज आश्रीत सबै प्रकारका जातीवादको अन्त्य गर्ने कटट्रवादी मानिनुहुन्थ्यो । सरल जीवन शैलीका आश्रीत राजनीतिमा महिलाको सशक्तिकरणमा सक्रिय रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।
भण्डारीको संक्षिप्त राजनीतिक यात्रा
२०२८ सालमा पुष्पलालसंगको भेटपछी राजनीति यात्रा शुभारम्भ गर्नु भएका जननेता मदन भण्डारीले २०३० सालदेखी पार्टीको पूर्णकालिन कार्यकर्ता भई कार्य गर्नु भयो । अन्याय, अत्यचार सहन नसक्ने उहाँको आफ्नै खालको विद्रोही स्वभाव थियो । विषयवस्तुको उच्चतम ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उहाँलाई क्रियाशील राजनीति कर्मीहरुसंग नजिकने वातावरण बन्न पुग्यो ।
२०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बन्नुभएका भण्डारी २०४७ सालमा माले माक्सवादी एकीकरणबाट उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) को महासचिव बन्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) को महासचिव भण्डारीले पार्टीलाई बहुलवादी राजनीतिमा अगाढी बढाई आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रुपमा स्थापित गर्ने काम गर्नु भयो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलनले गंभिर धक्का खाएको बेलामा पनि माक्सवादको सृजनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलिय जनवाद सिद्धान्त प्रतिपादन गर्नु भयो । भण्डारीले २०२३ सालमा बनारस विश्व विद्यालयबाट भाषा साहित्यमा स्नाकोत्तर गर्नु भएको थियो ।
बहुदलिय जनवादको ब्याख्याता मदन कुमार भण्डारीको २०५० जेष्ठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दूर्घटनामा मृत्यु हुन पुग्यो । आमा चन्दकुमारी भण्डारी र बुवा देवी प्रसाद भण्डारीको कोखबाट विस २००९ साल असार ९ गते ताप्लेजुङ्गको साविकको हाङदेवा गाविसको ढुंगेसाँघुमा जन्मनु भएको थियो । भण्डारीको २०३९ सालमा विद्यादेवी पाण्डेसंग विवाह भएको थियो । स्व. भण्डारीका उषाकिरण र निशाकुसुम दुई छोरी रहेका छन् ।
कुशल संगठक जीवराज आश्रीत
तत्कालिन नेकपा एमालेका कुशल संगठक जीवराज आश्रीत गुल्मीको हरिवामा वि.स. २००१ साल श्रावण १८ गते जन्मनु भएको हो । आश्रीत सबै प्रकारका जातीवादको अन्त्य गर्ने कटट्र मानिनुहुन्थ्यो । सरल जीवन शैलीका स्व. आश्रीत राजनीतिमा महिलाको सशक्तिकरणमा सक्रिय भूमिका हुन्थ्यो ।
नेकपा (एमाले) द्धारा जारी प्रेस विज्ञप्ति