
हरि आचार्य, कपिलवस्तु
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगंगा नगरपालिकाको संयोजकमा विशाल अधिकारी चयन हुनुभएको छ । संघका जिल्ला कार्यवाहक सभापति माधव पौडेलले अधिकारीलाई संयोजकको जिम्मेवारी प्रदान गर्नुभएको हो । संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी दिएको कार्यवाहक जिल्ला सभापति पौडेलले बताउनुभयो ।
अधिकारी जुझारु विधार्थी नेताका रुपमा परिचित हुनुहुन्छ । संयोजकको जिम्मेवारी प्राप्त गरेका अधिकारीले विधार्थीको हकहित र अधिकारको लागी थप शसक्त रुपमा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
विगतमा पनि विद्यार्थीहरुको साथमा रहेर काम गर्दै आईरहेको बताउँदै उहाँले भन्नुभयो, ‘विधार्थीहरुको समस्यालाई नजिकबाट बुझेर समाधानका लागी पहल गर्ने छु । शिक्षामा सबैको सहज पुहँच हुन जरुरी छ, त्यसका लागी अहोरात्र खट्ने छु ।’
उहाँले सबै विद्यार्थीहरुको साझा प्रतिनिधि भएर काम गर्ने समेत दाबी गर्नुभयो । नेविसंघलाई सुदृढ र संगठित बनाएर अघि बढ्ने उहाँको भनाई छ ।
अधिकारीले नगर संयोजकको जिम्मेवारी दिने सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
जिम्मेवारी प्रदान गरिएको पत्र

