कपिलवस्तु युवा जिल्ला ईन्चार्जको जिम्मेवारी सर्वेन्द्रदेव खनाललाई, को हुन् युवा नेता खनाल ?

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुको पार्टीको तर्फबाट युवा जिल्ला ईन्चार्जको जिम्मेवारी सर्वेन्द्रदेव खनालले पाउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको सचिवालय बैठकले युवा जिल्ला ईन्चार्जको जिम्मेवारी खनाललाई दिएको हो । पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य समेत रहनुभएका युवा नेता खनाललाई ईन्चार्जको जिम्मेवारी दिएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् ।

युवा नेता खनालले युवा जिल्ला ईन्चार्जको जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, युवावर्ग सम्पुर्णमा आभार व्यक्त गर्दै पार्टी र संगठनको हित विपरित नजाने बताउनुभयो ।

लामो समयदेखि संगठन र समाजसेवामा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका खनालले अनुभव, ज्ञान र दक्षता अनुसार युवाहरुलाई समावेश गरि पार्टीको विकास, विस्तारका लागि अझै तत्पर हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफुले यो जिम्मेवारी लिएको बताउनुभयो ।

लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका खनाल युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

२०४५ सालमा सालमा तत्कालिन नेपाल प्रगतिशिल बिद्यार्थी युनियनको सदस्यता प्राप्त गरि राजनीतिमा सुरु गर्नुभएका खनाल २०४६ सालको आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो ।

त्यस्तै २०५१ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको तत्कालिन प्रारम्भिक कमिटीको अध्यक्ष हुनुभएको थियो २०५४ मा पार्टीको जनवर्गीय संगठन जनसांस्कृतिक मन्च कपिलवस्तुको सदस्य हुंदै २०५५ मा जिल्ला सचिव भई जिम्मेवारी पुरा गर्नुभयो ।

उहाँ २०५६ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको जिल्ला कमिटी सदस्य हुनुभएको थियो भने २०५८ मा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरि पार्टीमा जोडिनुभएको थियो ।

२०६२ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको जिल्ला अध्यक्ष भई जिम्मेवारी सम्हालेको अनुभव छ ।

उहाँ २०६२/६३ को ऐतिहासिक जनाअन्दोलनमा सक्रिय रुपमा सहभागी समेत हुनुभएको थियो ।

त्यस्तै २०६३ मा तत्कालिन प्ररायुसङ लुम्बिनी अञ्चल सचिव हुनुभयो भने नेकपा (एमाले) क्षेत्रीय कमिटी सचिवालय सदस्य हुदै रिटर्नि फेडेरेशन इन्चार्ज समेत हुनुभएका खनाल हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा इन्चार्ज हुनुभएको छ ।

 


प्रकाशित : २०८० असार १, शुक्रबार १८:२२