सिनेमा हलमा विवादस्पद भारतीय सिनेमा ‘आदिपुरुष’ प्रदर्शन नगर्न नेविसंघ बाणगंगाको माग

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सिनेमा हलमा विवादस्पद भारतीय सिनेमा आदिपुरुष प्रदर्शन भइरहेको सूचना प्राप्त भएकोले प्रति नेपाल विद्यार्थी संघ, बाणगंगा नगर कार्य समिती, कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगर समिति संयोजक विशाल अधिकारीको हस्ताक्षरित ध्यानाकर्षण पत्र जारी गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र संचालित सिनेमा हलमा विवादस्पद भारतीय सिनेमा आदिपुरुष प्रदर्शन भइरहेको सूचना प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाईएको हो ।

ध्यानाकर्षण पत्रमा भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ’जानकी भारतीय छोरी हुन’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म सो सिनेमा प्रदर्शन नगर्न नेविसंघ नगर कार्य सामितिले आग्रह समेत गरेको छ ।

त्यस्तै देशको संस्कृतिमाथि भएको यस्तो अतिक्रमणविरुद्ध एक हुने सबैको दायित्व भएको स्मरण गराउदै भारतीय सिनेमा आदिपुरुषको प्रदर्शन जारी राखेमा त्यसको सशक्त प्रतिवाद गरिने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।


प्रकाशित : २०८० असार ४, सोमबार १९:०७