
हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तलाई अनुसरण गरि समृद्ध नेपाल, सुखी नेपालीको सपना एमालेले मात्र पुरा गर्ने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्वारा आयोजित बाणगंगा राजापानीमा पुष्पलालको सत वार्षिक स्मृति दिवस तथा वृक्षारोपण एवं नेपाली राजनितिमा पुष्पलाल परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेता न्यौपानेले यस्तो बताउनुभएको हो ।
एमाले कृषि तथा पशुपंक्षी विभाग प्रमुख तथा लुम्बिनी प्रदेशका सांसद समेत रहनुभएका न्यौपानेले देश विदेशका शक्तिहरुले एमाले पार्टी संगठन माथि गरेको आक्रमण हामीले प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभयो ।
पुष्पलाल श्रेष्ठको तस्विरमा माल्यार्पण गर्दै न्यौपानेले जबजको सिद्धान्त एमालेसँग मात्र रहेको र राष्ट्रिय पूँजीपति र कम्युनिस्ट मिलेर संयुक्त आन्दोलन गर्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रियता, सीमाको रक्षा एमालेबाट मात्र सम्भव रहेकाले देशका हरेक सकारात्मक आन्दोलनको सुरुवात पनि एमालेले नै सुरुवात गरेको दावि गर्नुभयो ।

