ताजा अपडेट

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा १४.५ प्रतिशत खानेपानीमा इकोली भेटियो, समुदायमा हैजाको उच्च जोखिम

Lumbini Darpan 2 २०८० श्रावण १७, बुधबार १५:३३
[sharethis-inline-buttons]

लुदअ,कपिलवस्तु । कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो।

जिल्लाका ८ स्थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ।

परीक्षणमा जिल्लाका सुद्धोदन र मायादेबी गाउपालिका र महाराजगंज नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो। प्रमुख श्रीवास्तव अनुसार सुद्धोदन गाउपालिकामा १६ नमुना परिक्षण गर्दा ४ वटामा ईकोली भेटिएको छ। मायादेबीमा ८ वटा परिक्षण गर्दा २ वटामा महाराजगंज नगरपालिकामा ३० वटामा ७ र कृष्णनगर नगरपालिकामा १२ वटा परिक्षण गर्दा २ वटामा ईकाली भेटिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसियन श्रीधर खनालले बताए। शिवराज नगरपालिकाको १४, बुद्धभुमी नगरपालिकाको ८ र बाणगंगाको १० स्थानको नमुना परिक्षण गर्दा पानीमा ईकालीको मात्रा नभेटिएको खनालले बताए।
२ बर्ष अघि जिल्लाको कृष्णनगर महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो । गत असार २३ देखि २८ असार सम्म जिल्लाको ८ पालिकामा गरिएको पानीको नमुना परिक्षणले जिल्लाका ४ पालिमा हैजा फैलने जोखिम रहेको खनालले बताए। ‘ पानीको नमुना परिक्षण गर्दा ४ पालिकाको पानीमा ईकोलीको मात्रा बढी फेला परेको छ ’ उनले भने ‘ त्यहा सचेतनाको कार्यक्रम संचालन गर्नु पर्छ ’।

उनले हैन्ड पम्पको पानीमा भने ईकाली नदेखिएको उनले बताए। खासगरी कृष्णनगरको मदर्सा र अन्य पालिकाको नास्ता पसलहरुमा रहेका हेन्ड पम्प र जग, मग र बाल्टीमा रहेको पानीको परिक्षण गरिएको थियो। हेन्ड पम्पको पानीमा ईकालीको मात्रा भेटिएन तर जग, मल बाल्टीको पानीमा भने ईकोलीको मात्रा भेटिएको खनालले बताए।

होटल र नास्ता पसलेले भाडाकुडा फोहर राख्ने र सरसफाईमा समेत ध्यान नदिएकाले यस्तो देखिएको उनले बताए। इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउछन्। वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरु बताउछन्। जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, , विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने बताइएको छ।


प्रकाशित : २०८० श्रावण १७, बुधबार १५:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

अत्याधिक चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

कोपवा स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सय ९० जनाले लिए स्वास्थ्य परीक्षण सेवा

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

उपचारबापतको १८ करोड भुक्तानी रोकिँदा सामुदायिक मुटु अस्पताल आर्थिक संकटमा

विपद् प्राधिकरणद्वारा सम्भावित शीतलहरको पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

सेमराबजार स्वास्थ्य चौकीलाई ३ करोडको बजेट ,कार्यान्वयनका लागि सहजीकरण कार्यक्रम सम्पन्न

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण

दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

देशभर जापानीज इन्सेफ्लाइटिसको संक्रमण ११ को मृत्यु, ६३ संक्रमित

भर्खरै

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech