ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

लुम्बिनी दर्पण २०८२ फाल्गुन १५, शुक्रबार २१:३०

 

लुदस, कोपवा

कपिलवस्तु — ४४औँ मगर एकता दिवसको अवसरमा मगर समुदायले कपिलवस्तु लगायत देशभर विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका छन्। जिल्लाको बाणगंगा नगरपालिका अन्तर्गत वडा नं. ४ बुङ्ची र वडा नं. ६ बनकसियामा विशेष कार्यक्रम सम्पन्न भएका छन्।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएको ऐतिहासिक दिनको स्मरण तथा नेपाल मगर संघ स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते मगर समुदायले यो दिवस मनाउँदै आएका छन्।

बनकसियामा आयोजित कार्यक्रममा मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानाका परिकार तथा विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। सो अवसरमा क्षेत्रका विभिन्न जातजातिका ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी, विशिष्ट अतिथि शितगंगा नगरपालिका का पूर्व उपमेयर टिका रेश्मी, वडा नं. ६ का वडाध्यक्ष करुण टण्डन लगायतले मगर दिवसलाई समुदायको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले मगर समुदायको भेषभूषा र संस्कृतिलाई पर्यटनसँग जोडेर आयआर्जनको माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखे। साथै धर्म–संस्कृति संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

विशेषगरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रम गरी दिवस मनाइने गरिएको छ। जातीय मौलिकतालाई जीवन्त राख्ने उद्देश्यले सरकारले फागुन १५ गते सार्वजनिक बिदा दिनुपर्ने माग समेत समुदायले गरेको छ। नेपाल मगर संघका अनुसार देशका ४३ स्थानीय तहले आज सार्वजनिक बिदा दिएका थिए।

मगर संघका अध्यक्ष हुमबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिला घर्ती र गीता रानाले सञ्चालन गरेका थिए। कार्यक्रममा लोक तथा दोहोरी गायक–गायिका बसन्त लम्साल र सिता राना तथा डान्सर रिता थापाले सांगीतिक प्रस्तुति दिएका थिए।

वि.सं. २०३९ साल फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशभरका मगर समुदायको सहभागितामा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरिएको दिनलाई मगर एकता दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ रहेको छ।

 


प्रकाशित : २०८२ फाल्गुन १५, शुक्रबार २१:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech