ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

उपचारबापतको १८ करोड भुक्तानी रोकिँदा सामुदायिक मुटु अस्पताल आर्थिक संकटमा

Lumbini Darpan 1 २०८२ पुष १०, बिहीबार १९:५३
[sharethis-inline-buttons]

बुटवल — मिर्गौला र मुटुरोगीको उपचारबापत झन्डै १८ करोड रुपैयाँ सरकारबाट भुक्तानी नपाएपछि बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक संकटमा परेको छ । सरकारले पुस मसान्तसम्म रकम भुक्तानी नगरे माघ १ गतेदेखि उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने अस्पतालले जनाएको छ ।

अस्पतालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुटु र मिर्गौलाका बिरामीहरूको उपचार गरेबापत १७ करोड ८१ लाख ९ हजार ३ सय ७९ रुपैयाँ सरकारबाट भुक्तानी लिन बाँकी रहेको जानकारी दिएको हो । अस्पतालले बुटवलसहित विभिन्न सेवा केन्द्रमार्फत हाल ५ सय ५१ जना मिर्गौला पीडितलाई नियमित डायलसिस सेवा दिँदै आइरहेको छ ।

अस्पतालका अनुसार मिर्गौला तथा मुटुरोगीको उपचारबापत सरकारबाट प्राप्त गर्नुपर्ने कुल २० करोड ३९ लाख ३१ हजार ८ सय ७९ रुपैयाँमध्ये हालसम्म केवल २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी प्राप्त भएको छ ।

सरकारले समयमै उपचारबापतको रकम भुक्तानी नगर्दा अस्पतालमा औषधि तथा उपकरण खरिद रोकिएको र उपचार सेवा प्रभावित हुन थालेको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

‘सरकारले नियमित रूपमा दिनुपर्ने करोडौँ रुपैयाँ समयमै भुक्तानी नदिँदा अस्पताल ऋणमा डुबेको छ,’ उनले भने, ‘औषधि र उपकरणको आपूर्ति रोकिएको छ, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमै समस्या आएको छ । विपन्न नागरिक औषधि–उपचार कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको निःशुल्क उपचारसमेत रोक्नुपर्ने अवस्था आएको छ ।’

सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि–उपचार कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा मात्रै १ हजार ३ सय ८४ जना मुटुका बिरामीको ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको तथा मिर्गौला बिरामीहरूको डायलसिसतर्फ १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको भुक्तानी बाँकी रहेको अध्यक्ष आलमले बताए ।

अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीका अनुसार गत वर्ष मात्रै मुटु र मिर्गौलाका बिरामीहरूलाई १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको थियो । चालु वर्षमा अति विपन्न तथा असहाय बिरामीहरूको उपचारका लागि १ करोड ४५ लाख ७२ हजार १ सय १९ रुपैयाँ बराबरको उपचार सेवा र ५ जना डायलसिस बिरामीलाई ३ लाख ४१ हजार ४ सय ५९ रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराइएको पनि अस्पतालले जनाएको छ ।

‘आर्थिक वर्ष २०७९/८० देखि नै ६ करोडभन्दा बढी रकम भुक्तानी हुन सकेको छैन,’ भण्डारीले भने, ‘कहिले स्वास्थ्य विभाग र कहिले स्वास्थ्य बिमामा सार्ने प्रवृत्तिका कारण ६ करोड १९ लाख ७२ हजार ५ सय रुपैयाँ दुई वर्षदेखि रोकिएको छ ।’

स्वास्थ्य विभागबाट हुँदै आएको भुक्तानी स्वास्थ्य बिमा प्रणालीमा सारिँदा अस्पतालले पाउनुपर्ने ८५ लाख रुपैयाँको हिसाब नै गायब भएको उनले बताए ।

२०८१ चैतदेखि २०८२ असारसम्म अन्य शाखाहरूबाट र २०८१ चैतदेखि २०८२ वैशाखसम्म बुटवलबाट प्रदान गरिएको डायलसिस सेवाको भुक्तानी गर्दा समेत ८५ लाख ४५ हजार रुपैयाँ कम प्राप्त भएको अध्यक्ष आलमले जानकारी दिए । उक्त रकम कम हुनुको कारण खोज्दा बिमा बोर्ड र स्वास्थ्य विभागबीच एक अर्कालाई जिम्मेवारी पन्छाउने गैर जिम्मेवार जवाफ आउने गरेको उनले गुनासो गरे ।

अस्पतालले बुटवल, दाङको लमही, पाल्पाको तानसेन, कपिलवस्तुको बाणगंगा र स्याङजाको वालिङबाट मिर्गौला पीडितलाई डायलसिस सेवा दिँदै आएको छ । बुटवलमा ३ सय ११ जना, लमहीमा २७ जना, पाल्पामा ५९ जना, वालिङमा ६७ जना र कपिलवस्तुमा ५७ जना गरी कुल ५ सय ५१ जना मिर्गौला पीडितले नियमित रूपमा निःशुल्क डायलसिस सेवा लिइरहेका छन् ।

अस्पताल स्थापनाको १२ वर्षमा मुटु, मिर्गौला तथा जनरल फिजिसियन सेवाबाट हालसम्म पाँच लाखभन्दा बढी बिरामीले उपचार पाइसकेको अस्पतालले जनाएको छ । २०७० पुस १० गते सेवा सुरु गरेको अस्पतालले २०७३ सालदेखि बुटवलमा क्याथ ल्याब सेवा सञ्चालन गर्दै आएको छ । क्याथ ल्याबमार्फत एन्जियोग्राफी, एन्जियोप्लास्टी, अस्थायी तथा स्थायी पेसमेकर, पेरिकार्डियोसेन्टेसिस, राइट हार्ट क्याथेटराइजेसन र पीटीएमसीलगायत सेवा लिनेको संख्या ६ हजार ५ सय ६९ पुगेको छ ।

त्यस्तै २०७२ सालदेखि सुरु गरिएको मिर्गौला उपचार सेवाबाट हालसम्म ३ लाख १३ हजार ७ सय २१ सेसन निःशुल्क डायलसिस सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । रुपन्देही उद्योग संघको संरक्षकत्व तथा विभिन्न रोटरी क्लब र समाजसेवीहरूको आर्थिक सहयोगमा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल गैरनाफामुखी संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ ।


प्रकाशित : २०८२ पुष १०, बिहीबार १९:५३

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

टिकटकर तुलसा अधिकारी पक्राउ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech