शशिधर सापकोटा, कपिलवस्तु
राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलनको तयारी अन्तर्गत आज बाणगंगा नगरपालिका वडा नम्बर ५ को भेला सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा वाणगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षतामा, युबराज आचार्यको सञ्चालनमा सम्पन्न भएको भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले उद्घाटन गर्नुभएको थियो।
उद्घाटन मन्तव्य राख्दै उहाँले अहिले देशमा भ्रष्टाचारीहरु मौलाएको महंगी तथा काला बजारियाहरुले सीमा नाघेको राष्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षता माथि खतरा पैदा भएको । ःऋऋ तथा राष्ट्रघाती नागरिकता विधेयकले राष्ट्रियता गम्भीर खतरामा परेको स्थितिमा देशमा शक्तिशाली आन्दोलनको खाँचो भएको बताउनुभएको छ। जब जब देशमा संकट पैदा हुन्छ राष्ट्रिय जनमोर्चा शक्तिशाली आन्दोलनलाई लिएर जनतामा आइरहेको हुन्छ तसर्थ अहिलेको अवस्था गणतन्त्रको रक्षा संघीयताको खारेजी भ्रष्टाचारी र कालाबजारी हरूको विरुद्धको संघर्ष, एमसिसि तथा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध संघर्षमा जानुबाहेक अरु कुनै विकल्प नभएको बताउनुभएको छ । भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष रामप्रसाद बेलबासेले जबसम्म नेपाली जनता मा नयाँ राजनैतिक चेतना फैलाउन सकिँदैन तबसम्म प्रतिक्रियावादीहरूले हामीमाथि शासन गरिरहन्छन् । यसैले अहिले जनतालाई सचेत बनाउँदै गाउँमा राष्ट्रिय जनमोर्चा जनताको बिचमा आइरहेको कुरा बताउनुभएको छ।
भेलालाई अखिल नेपाल बुद्धिजीवीसँघ कपिलवस्तुका संयोजक शशी सापकोटाले समाजमा रहेका बुद्धिजीवीहरु अत्यन्तै अवसरवादी, महत्वकाङ्क्षी भएकोले उनीहरुले दिने बुद्धि विवेक देश र जनताको पक्षमा नभएकोले देशमा घटने राजनैतिक परिवेश हरुलाई राष्ट्रिय जनमोर्चाले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आमूल परिवर्तनको दिशामा कटिबद्ध भएर सत्यतथ्य बुझिकन राजनीतिमा लाग्नु पर्ने कुरालाई जोड दिनुभएको छ अहिले देशमा साम्राज्यवादीहरूको कृणा स्थल भएकोले नेपाली जनताहरु एकातिर राष्ट्रियता बचाउनको लागि साम्राज्यवादी शक्तिहरूको विरुद्ध लड्नुपर्ने र आर्को तिर २०६२÷०६३ सालको माहान एतिहासिक जनआन्दोलनबाट प्राप्त अधिकारहरुलाई रक्षा गर्नकोलागि लाग्नु पर्ने परिस्थिति निर्माण भएको छ प्रतिगामी शक्तिहरु र साम्राज्यवादी शक्तिहरु जनतालाई भ्रम पार्नको लागि एक वा अर्को प्रकारले गुलियाः नाराहरु दिएर जनतालाई भ्रम सिर्जना गरिरहेका छन् ।
तिनीहरूलाई सही के हो, गलत के हो, त्यो कुरा जनतालाई बुझाउने जिम्मा राष्ट्रिय जनमोर्चाको काधमा आएको छ। राष्ट्रिय जनमोर्चाले यो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता देखिन्छ भन्ने कुरामा जोड दिनुभएको थियो सहिदहरुप्रति एक मिनेट मौन धारणा पश्चात भेलालाई नयाँ उपस्थित हुनुभएका जनसमुदायलाई कमरेड देवा आचार्यले स्वागत गर्नुभएको थियो ।
भेलाले ९ सदस्यीय समिति र ४ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ जसको , अध्यक्षमा चेत नारायण पाण्डे, उपाध्यक्ष धनबहादुर चुँदाली, सचिव युवराज आचार्य ,सहसचिव शोभा आचार्य, कोषाध्यक्ष देवा आचार्य तथा सदस्यहरुमा भिम लाल पौडेल । वसन्त गैरे ,सावित्रा अधिकारी र जीवराम पोखरेल रहनुभएको छ । त्यस्तै सल्लाहकार समितिमा कमल पति खनाल । खिमा देवी आचार्य, लोकप्रसाद बेल्वासे र कालु नेपाली चयनहुनुभएको छ ।
नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष चेत नारायण पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भेलाले आगामी भदौ २२ र २३ गते हुने पाँचौं जिल्ला सम्मेलनलाई भब्य रुपले सम्पन्न गर्नका लागि वडाको तर्फबाट विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। भेलामा ९७ वर्षीय जेष्ठ सदस्य एमादेवी पाण्डेलाई सम्मान गरिएको थियो। एमादेवी पाण्डेले नयाँ कार्यसमितिलाई देश र जनताको पक्षमा निरन्तर लागि पर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।