लुदअ,कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट ८ जना नेपाल विद्यार्थी संघका नेताहरु केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यका लागि कपिलवस्तुका विभिन्न स्थानमाबाट ८ जना विद्यार्थीहरु मनोनित भएका हुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार मनोनित गरेका हुन् । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१० केन्द्रिय सदस्य मनोनयन गरेका थिए ।




















