जिल्ला सभापतिको जिम्मेवारी पुरा गर्ने भन्दै पौडेलद्धारा केन्द्रीय सदस्यबाट राजीनामा

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाल विद्यार्थी संघ (नेविसंघ) कपिलवस्तुका कार्यवाहक सभापति माधव पौडेलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय समिति विस्तार गर्दा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

तर पौडेलले आफुले अहिले जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी निभाउने बताउदै केन्द्रीय सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले यसको जानकारी कांग्रेस केन्द्रीय समिती, नेविसंघको केन्द्रीय समिती र कांग्रेसको जिल्ला समितिलाई एक पत्र लेख्दै दिएका छन् ।

उनले आफुले जिल्लाको विधिसम्मत अधिवेशन गरेपछि मात्र अन्य जिम्मेवारी लिने भन्दै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् ।


प्रकाशित : २०८० श्रावण २८, आईतवार १५:३७