राष्ट्रिय युवा संघ नेपाल बाणगंगा १० को दोस्रो अधिवेशन : अध्यक्षमा चौधरी चयन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा नं. १० वडा कमिटिको वडा स्तरीय युवा भेला तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ । शनिवार बाणगंगा नगरपालिका वडा न. १० मा युवा भेला तथा दोस्रो अधिवेशन सम्पन्न गरिएको हो । सम्पन्न अधिवेशन बाट १७ सदस्यीय वडा कमिटी गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

जसको अध्यक्षमा विष्णु मणि चौधरी, उपाध्यक्षमा सारदा भण्डारी, सचिवमा शेर बहादुर सलामी, सह सचिवमा दिपक थारु, अस्मिता गौतम रहेका छन् । कोषाध्यक्ष भने बैठकले पछि मनोनित गर्ने युवा संघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी कपिलवस्तुका सदस्य तिलक गिरीले बताउनुभयो । सो भुगोल उहाँको जिम्मेवारीमा रहेको जिल्लामै पहिलो पटक सो वडाको अधिवेशन गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला युवा ईन्चार्ज सर्वेन्द्रदेव खनालले नव गठित कमिटीलाई बधाई ज्ञापन गर्दै युवाहरुलाई संगठित गरि पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी कपिलवस्तुका संयोजक कमल क्षेत्रीले अब जिल्लाका सबै वडा र पालिकामा अधिवेशन गर्ने योजना रहेकाले युवाहरुलाई संगठित गरि अधिवेशन मार्फत कमिटीलाई थप चुस्त दु्रस्त बनाइने बताउनुभयो ।

सोहि वडाका उत्प्रेरक जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य तिलक गिरी, होम मसाईले मन्तब्य राख्दै नव गठित कमिटीलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी अध्यक्ष विष्णुमणि चौधरीको अध्यक्षता, जिल्ला युवा ईन्चार्ज सर्वेन्द्रदेव खनालको प्रमुख आतिथ्यता, पार्टीका जिल्ला कमिटी सदस्य तथा वडाका ईन्चार्ज तेजेन्द्र पाण्डे, वडाध्यक्ष तथा पार्टीका नेता यम प्रसाद पोख्रेल, संगठनका केन्द्रिय सदस्य विजय कुंवर, पार्टीका जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी कपिलवस्तुका संयोजक कमल क्षेत्री, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी कपिलवस्तुका सदस्य तिलक गिरी, होम बहादुर मर्साई, बाणगंगा नगर कमिटी सचिव टंक पाण्डे, नगर कमिटी सदस्य राजेन्द्र भुसालको आतिथ्यता रहेको कार्यक्रममा करिब ५० जना युवाहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०८० श्रावण २८, आईतवार १७:३९