
हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु संगठन विस्तारमा तिब्र गतिमा लागेको छ । विभिन्न पालिका र वडाहरुमा युवाहरुलाई एकिकृत गरि संगठन विस्तार अभियानलाई तिब्र पारिएको हो ।
जसको अध्यक्षमा आसिष कर्मी, उपाध्यक्षमा धमेन्द्र साहनि, सचिवमा अक्षय कुर्मी, सहसचिवमा अक्षय पासी, कोषाध्यक्षमा राम अवतार बढइ सहित ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
त्यस्तै शुद्धोधन गाउँपालिकाका वडा नं. १, २, ३ र ४ मा कमिटी गठन भईसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य धनु अधिकारीले प्रशिक्षण दिंदै नवगठित कमिटीलाई बधाई ज्ञापन गर्दै सबै युवाहरुलाई संगठित गरि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
शुद्धोधन गाउँपालिकाको उत्प्रेरक समेत रहनुभएकी केन्द्रिय सदस्य अधिकारीले युवाहरुलाई प्रशिक्षण दिदै पार्टीलाई मजबुत बनाउनका लागि युवाहरुको अहम भुमिका रहने भन्दै सबै युवाहरु वैचारिक शक्तिमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो । प्रशिक्षणको क्रममा अधिकारीले नव आगन्तुक युवाहरुलाई संगठनमा समावेश गरि पार्टीलाई बलियो बनाउन तर्फ कमिटीलाई निर्देशन समेत दिनुभयो । उहाँले आगामी निर्वाचन केन्द्रित हुनुपर्ने भन्दै एमालेको सरकार आए मात्र सुखी नेपाली, समृद्ध नेपालको सपना साकार हुने दावि समेत गर्नुभयो ।
अधिकारीले युवाहरुलाइ आत्म निर्भर गराउदै अभियानमा लगाउने युवाहरुलाई पनि उनीहरूको क्षमता र दक्षताका आधारमा नेतृत्वदायी भुमिकामा लैजाने र वर्तमान सरकारको चरम मूल्यवृद्धि तथा भ्रष्टाचार, सुन काण्ड जस्ता वर्तमान सरकारका गलत क्रियाकलापको विरोध गर्न आवश्यक रहेको बताउनुभयो ।
राम मिलन बढइको अध्यक्षता, राष्ट्रिय युवा संघ नेपाले केन्द्रिय सदस्य तथाशुद्धोधन गाउँपालिका उत्प्रेरक धनु अधिकारीको प्रमुख आतिथ्यता, नेकपा (एमाले) गाउँपालिका अध्यक्ष राम विलास चौधरी, उपाध्यक्ष, पार्टीका वडा कमिटी अध्यक्ष, राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्य श्याम पासी लगायतको आतिथ्यता रहेको कार्यक्रम आयोजक कमिटीका सदस्य तैयव खाँनको सञ्चालनमा सम्पन्न भएको हो ।

