राष्ट्रिय युवा संघ नेपाल विजयनगरको दोस्रो अधिवेशन भदौ ८ गते हुंदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाका राष्ट्रिय युवा संघ नेपालले संगठन विस्तार अभियानलाई तिब्र पारेको छ । केन्द्रको निर्णय बमोजिम संगठनले जिल्लाका विभिन्न पालिका र वडाहरुमा युवाहरुलाई एकिकृत गरि संगठन विस्तार अभियानलाई तिब्र बनाएको हो । जिल्लाका ९६ वडा सहित १० पालिकामा कमिटी गठन गरि संगठनलाई चुस्त दु्रस्त बनाउने उद्देश्यका साथ सबै पालिकामा संगठनका केन्द्रिय सदस्यहरुलाई उत्प्रेरकको रुपमा केन्द्रले खटाएको छ भने राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी पनि लागिरहेको छ ।

जसमध्ये जिल्लाको विजयनगर गाउँपालिकामा पनि सो अभियान चलिरहेको छ । गाउँपालिका १ देखि ७ वडा मध्ये करिव सबै वडामा वडा कमिटी गठन भईसकेको र यहि भदौ ८ गते पालिका कमिटीको अधिवेशन आयोजना गरिएको संगठनका केन्द्रिय सदस्य तथा सो क्षेत्रका उत्प्रेरक धनु अधिकारीले जानकारी दिनुभएको छ । उक्त भदौ ८ गते सम्पुर्ण युवाहरुलाई उपस्थितीका लागि उत्प्रेरक अधिकारीले अनुरोध गर्नुभएको छ ।

अधिकारीले युवाहरुलाई संगठित गरि पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब जिल्लाका सबै वडा र पालिकामा अधिवेशन गर्ने योजना रहेकाले युवाहरुलाई संगठित गरि अधिवेशन मार्फत कमिटीलाई थप चुस्त द्रुस्त बनाइने बताउनुभयो ।


प्रकाशित : २०८० भाद्र ६, बुधबार १९:५८