बणगंगा ११ मा बलियो बन्दै एमाले, राष्ट्रिय युवा संघ नेपाल र अनेमसंघ कमिटी गठन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) ले पार्टीका हरेक जनवर्गीय संगठन अब चलायमान र चुस्त द्रुस्त बनाउने अभियान अन्तर्गत कपिलवस्तुका विभिन्न पालिका र वडामा संगठन विस्तार अभियान सञ्चालन गरिएको छ । पार्टीलाई थप मजबुत र बलियो बनाउने उद्देश्यका साथ विभिन्न जनवर्गीय संगठनका कमिटीहरुको अधिवेशन तथा पुर्न गठन भईरहेका छन् ।

जसअन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ (अनेमसंघ) ले अधिवेशन मार्फत नयाँ कमिटी गठन गरिएको छ ।

चेत बहादुर आलेको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गरिएको छ । जसको उपाध्यक्षमा ईन्दा भट्राई, सचिवमा रवि भुसाल, कोषाध्यक्षमा झविन्द्र भुसाल चयन भएका छन् भने अन्य सदस्य रहेका छन् ।

No description available.

त्यस्तै हुमकला भण्डारीको अध्यक्षतामा १९ सदस्यीय अनेमसंघ वडा कमिटी गरिएको छ । जसको उपाध्यक्षमा शोभा अर्याल, सचिवमा बिष्णु गाहु, सह सचिवमा जमुना अधिकारी, कोषाध्यक्षमा बिमला मरासिनी चयन भएका छन् भने अन्य सदस्यमा रहेका छन् ।
कार्यक्रममा युवा तथा महिलाहरुको वृहत सहभागीता रहेको थियो ।

कार्यक्रमा प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य सोमनाथ अर्यालले पार्टीका हरेक जनवर्गीय संगठन अब चलायमान र चुस्त द्रुस्त बनाउने अभियान अन्तर्गत पार्टीको निर्णय अनुसार तिब्र गतिमा संगठनका काम अगाडि बढेको बताउनुभयो । अर्यालले पार्टीलाई मजबुत र बलियो बनाउन जनवर्गीय संगठनको अहम भुमिका रहने बताउनुभयो ।

त्यस वडाका निवर्तमान वडाध्यक्ष समेत रहनुभएका युवा नेता अर्यालले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार नेकपा (एमाले) बाट मात्र सम्भव रहेको दावि गर्नुभयो ।


प्रकाशित : २०८० भाद्र ८, शुक्रबार १७:३४