लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा एक शोक विज्ञप्ती जारी गर्दै नेकपा (एमाले) कपिलवस्तुका जिल्ला सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं. १ का सह संयोजक विश्व कार्कीकी ममतामयी माता रुबी कुमारी कार्कीको निधन प्रति शोक ब्यक्त गरेको छ ।
जारी विज्ञप्तीमा कार्की परिवारमा पर्न गएको शोकबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । शोक विज्ञप्तीमा होनहार पार्टीको सिपाही जन्म दिने आमा गुमाउदा सिंगो पार्टी र समाजलाई क्षती पुगेको उल्लेख गर्दै स्व.रुबी कुमारी कार्की प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं भनिएको छ ।
बाणगंगा न.पा. वडा नं.२, पिपरा, कपिलवस्तु निवासी रुबी कुमारी काकीको मिति २०८० साल भाद्र २१ गते ८३ वर्षको उमेरमा निधन भएको हो । लक्ष्मणघाटमा विहिबाबर नै अन्तिम दाहसंस्कार गरिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
स्व. रुबी कुमारी काकीको अन्तिम दाहसंस्कारका निम्ति नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, एमाले नेताहरु झविलाल पोख्रेल, कृष्ण पौडेल, धर्मराज भुसाल, विश्राम प्रसाद थारु, सिवि गहतराज, टेकराज पौडेल लगायतका नेता, कार्यकर्ता, आफन्त, शुभेच्छुकहरुको उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला कपिलवस्तुले जनाएको छ ।