मुक्ति समाज कपिलवस्तुको पूर्ण बैठक सम्पन्न

[sharethis-inline-buttons]

राम बहादुर गन्धर्व, कपिलवस्तु
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कपिलवस्तुको पुर्ण बैठक जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा सम्पन्न भएको छ। जातिय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नितिनिर्माण गरौ सामाजिक समावेशी पुर्ण प्रतिनिधित्वको संबैधानिक अधिकार सुनिश्चित गरौ भन्ने मुल नारा सहित आइतबार बसेको बैठकले विभिन्न सामसामयिक बिषयमा छलफल गर्दै मुक्ति समाजलाई पृथक ढंगले स्थापित गर्न हरेक स्थानीय तहमा संगठन बिस्तार गर्न अगामी कार्य योजना बनाएर अगाडि बढन सके मात्र मुक्ति समाज बलियो हुने बताइएको छ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शान्तिदेवी हरिजन, लुम्बिनी प्रदेश अध्यक्ष एवं इन्चार्ज कृष्ण बि।क।लगाएतले समजलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए। यसै बिच आयोजित बैठकले यहि गत भदौ १६ र १७ गते बुटवलमा सम्पन्न नेकपा एमालेको प्रथम भेलाबाट निर्वाचित पदाधिकारीहरूलाई खादा ओढाई सम्मान समेत गरेको थियो ।

जिल्ला अध्यक्ष रामप्रकट कोरीको अध्यक्षता, केन्द्रीय सदस्य नन्द बिश्वकर्माको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य शान्तिदेवी हरिजनको बिशिष्ठ आतिथ्यता, केन्द्रीय कमिटी प्रदेश कमिटीका पदाधिकारीहरू जिल्ला पार्टी पदाधिकारीहरूको बिशेष उपस्थिति रहेको बैठक लिला परियारको स्वागत तथा जानकी गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० भाद्र २५, सोमबार १३:३२