हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) का उपाध्यक्ष, संविधानसभाका अध्यक्ष, प्रतिनिधीसभाका पूर्व सभामुख, माननिय सुवासचन्द्र नेम्वाङको दुःखद् निधनप्रति नेकपा (एमाले) कपिलवस्तु स्तब्ध, मर्माहत एवम् शोकाकूल भएको भन्दै शोक विज्ञप्ति जारी गरेको छ । जिल्ला अध्यक्ष डम्मर शर्माको हस्ताक्षरित नेम्वाङको निधनबाट ऐतिहासिक नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनमा अपुरणिय क्षती पुगेको शोक विज्ञप्ति मार्फत जनाएको छ ।
विज्ञप्तिमा ʻमृदुभाषि, शालिन, भद्र, कुशल एवम् समन्वयकारी नेता सुवासचन्द्र नेम्वाङले नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन एवम् समाजिक रुपान्तरणका सबैखाले आन्दोलनमा पु¥याएको योगदानको नेकपा (एमाले) कपिलवस्तु सदा स्मरण गर्दछ । उहाँले खेलेको सन्तुलित, समन्वयकारी भूमिकाबाट नेपाली जनताको युगौदेखीको संविधान निर्माणको चाहना, पुरा भएको थियोʼ भनी उल्लेख गरिएको छ ।
त्यस्तै ʻयस शोकको घडीमा नेकपा (एमाले) कपिलवस्तु उहाँले कोरेको मार्गचित्रमा सिंगो पार्टीपक्ति एकतावद्ध भई शोकलाई शक्तिमा बदलेर अघि बढने छौं । हाम्रो पार्टी नेकपा (एमाले) कपिलवस्तुले स्वर्गिय सुवासचन्द्र नेम्वाङ प्रति भावपूण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौंʼ ।
यसै विज्ञप्ती मार्फत जिल्ला पार्टी कार्यालय तौलिहवामा शोक पुस्तिका राखिने र पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने र मातहतका कमिटीलाई पनि सोही अनुरुप शोक पुस्तिका राख्न र पार्टीको आधा झण्डा तीन दिन सम्म झुकाउन अनुरोध गर्दै पार्टी केन्द्रिय सचिवालयको निर्णय अनुसार पार्टी निकट जनवर्गिय संगठनका कार्यक्रम तीन दिन सम्म स्थगित समेत गरिने विज्ञप्तिमा उल्लेख छ ।