देशभरबाट निस्केको जुलुसले ठुला दलहरु अत्तालिए : राप्रपा नेता रायमाझी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
भ्रष्टचारको विरुद्ध, राजा र हिन्दु राष्ट्रको पक्षमा देशभर बाट निस्केको जुलुले नेपालका ठुला दलहरु अत्तालिएको राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनु भएको छ । आज नविन राप्रपाको कार्ययोजना २०८० को भुगोल केन्द्रित जिम्मेवार बाडफाँड कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।

पछिल्लो समय देशमा भ्रष्टचार मौलाईरहेको, सहकारी बाट सोझासाझा जनता ठगिएको, धर्म संस्कृति, राष्ट्र, राष्ट्रियता प्रति अराजक तत्तवले धावा बोलिरहेको भन्दै त्यसका विरुद्धमा प्रदर्शन गर्नको लागि तयार हुन समेत रायमाझीले कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।

कार्यक्रम बाट शुद्धोधन गाउँपालिका वाड नम्बर २ मा नयाँ कार्यसमिति गठन गरिएकोछ । जसको अध्यक्षमा राम बेलास साहनि, उपाध्यक्षमा प्रकाश मल्लाह, धर्मराज मल्लाह सचिवमा सन्तोष चैधरी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजेश पासि, कमलेश पासि, फकुरुदिन मल्लाह, शुभवति पासि, ज्ञानमति खर, राम दुल्लारे मल्लाह रहनुभएको छ । साथै नौडिहबा बुथ कमिटिको अध्यक्षमा प्रकाश मल्लह, नन्दनगर बुथ कमिटिको अध्यक्षमा राम किसन मुराह, बरगदवा बुथ कमिटिको अध्यक्षमा कमलेश पादि र महिला युवक र किसान संगठन गठन गरिएको छ ।

त्यस्तै वडा नम्बर ३ अन्तर्गत अध्यक्षमा जाफर अलि मुसलमान, उपाध्यक्षमा समिउल्लाह मुसलमान, सचिवमा सन्तोष साहनि, सदस्यहरुमा प्रेम चन्द्र पासि, सदिप हरिजन, मति मल्लाह मुसलमान, ओम प्रकाश कहार र लबनि बुथ कमिटिमा मतिमल्लाह मुसलमान अध्यक्ष र गुलरि बुथ कमिटिको अध्यक्षमा ओम प्रकाश कहार रहेको र युवक महिला र किसान संगठन गठन गरिएको जनाइएको छ ।

 


प्रकाशित : २०८० मंसिर १७, आईतवार १९:२७