
हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) बुद्धभूमि नगरपालिका वडा नं. २ वडा कमिटीको आयोजनामा शोक सभा गरिएको छ । पार्टीको संगठित सदस्य बुद्धभूमि २ निवासी डम्मर भण्डारीको निधनको नवौं दिनको स्मृतिमा शोक सभा गरिएको हो । भण्डारीको यहि मंसिर १८ गते ७१ बर्षको उमेरमा निधन भएको थियो । उहाँका धर्मपत्नीसंगै १ छोरा ८ छोरी रहनुभएको छ ।
वडा कमिटी अध्यक्ष जिवलाल घिमिरेको अध्यक्षतामा भएको शोकसभामा पार्टीका जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका पुर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।
पार्टीका नेताहरु धर्म भुसाल, शारदा शर्मा, टेकराज पौडेल लगायत जिल्ला कमिटी सदस्य, नगर ईन्चार्ज, नगर कमिटी अध्यक्ष तथा विभिन्न जनसंगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
शोक मन्तब्य राख्दै वक्ताहरुले स्व.भण्डारीले पार्टीका लागि गरेका योगदानको बारेमा स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरेका थिए ।
नगर कमिटी सचिवालय सदस्य लोकनाथ न्यौपानेको सञ्चालनमा शोक सभा सम्पन्न भएको हो ।

