लुदस, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक संचारकर्मीले आफ्नो जन्मोत्सवको अवसरमा एक सामुदायिक विद्यालयमा हाजिरी जबाफ प्रतियोगिता आयोजना विद्यार्थीको शैक्षिक भविष्यमा एक हौसला प्रदान गर्नुभएको छ । जनहित अनलाइन व्यवस्थापक अनिता क्षेत्रीले जन्मदिनको अवसरमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बाणगङ्गा ८ चप्परगाउँमा रहेको श्री सुर्योदय आधारभुत विद्यालयमा आज प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा समुह रहेको प्रतियोगितामा एन्जिला खनाल, प्रविन थारु र असिन वि.क. को समूह प्रथम भएको छ । त्यस्तै आदर्श पौडेल, मधुसुदन गौतम र राजविर थारुको समुह दोस्रो र सिजल भुषाल, ओमप्रकाश आचार्य र दिपेन थारुको समुह तृतिय भएको छ । उनीहरुलाई नगद र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष जानका उपाध्याय, विद्यालयका प्रधानाध्यापक धर्मराज भट्टराईले शुभकामना मन्तव्य राख्दै जन्मदिनको अवसरमा आफ्नो विद्यालयलाई रोजेर शैक्षिक कार्यक्रम राखेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष तथा कार्यक्रम संयोजक अनिता क्षेत्रीले विगतदेखि नै जन्मदिनको अवसरमा अन्य विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम गरेको स्मरण गर्दै अहिले यस विद्यालयलाई रोजेको बताउनुभयो । जन्मदिनमा अन्य ठाउँमा खर्च गर्ने समय र अर्थलाई शिक्षामा खर्च गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी, जनहित अनलाइनका पदाधिकारी, अभिभावक लगायतको उपस्थितीमा भएको कार्यक्रम अनिता क्षेत्रीको अध्यक्षता, शिक्षिका कोपिला पन्थको स्वागत तथा शिक्षक रेशमलाल खनाल र सञ्चारकर्मी चेतन विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।


















