
लुदस, कपिलवस्तु
नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न भएको छ । उक्त बैठक सोमबार बुद्धभूमि नगरपालिका – २ गोरुसिंगेमा सम्पन्न भएको हो ।
सदस्यता नविकरण तथा विस्तारलाई तिब्रता दिदै यहि फाल्गुन २५ गते भित्र सबै पालिका स्तरमा संगठन गठन तथा पुर्नगठन गर्ने नेपाल उत्पीडित जातिय मुक्ति समाज केन्द्रिय सदस्य तथा लुम्बनी प्रदेश इन्चार्ज सिबि गहतराजले लाग्नुपर्ने बताउनु भयो ।
बैठकले चैत्र १६ गते कपिलवस्तु जिल्लाको अधिवेशन गर्ने निर्णय गरेका इन्चार्ज गहतराजले बताउनुभयो । नेकपा एमालेले संचालन गरेको वडा केन्द्रित अभियानमा अनिवार्य रुपमा सबैजना सहभागि भई जिम्मेवारी निर्वाह गर्न इन्चार्ज गहतराजले निर्देशन गनुभयो ।
कन्द्रिय सर्कुलर तथा जिल्ला पार्टी सर्कुलर बाचन गरि सोहि अनुसार काम गर्दै जाने निर्णय गरेको नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष राम प्रघट कोरीले बताउनुभयो ।
मुक्ति समाजका सदस्य सन्जिव गहतराजको संचालनमा बिस्तारित बैठक सम्पन्न भएको हो ।

