एमाले बुद्धभूमि नगर कमिटीको बैठकः ‘जरा अभियान’ मार्फत जनताका समस्या नियाँल्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुद्धभूमि नगर कमिटिको दोश्रो पुर्ण बैठक गोरुसिंगेमा महत्वपूर्ण निर्णय गरी सम्पन्न भएको बुद्धभूमि नगर कमिटिले जनाएको छ । वैठकले तीन महिने वडा केन्द्रित पार्टी निर्माण (जरा) अभियान २०८१ केन्द्रित निर्णयहरु गरेको जनाएको छ । वैठक संगठन सुदृढीकरण, विकास निर्माण र जन अपेक्षाका विषयमा केन्द्रित रहेको थियो ।

एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले जरा अभियानबाट जनताका सवाललाई पार्टीले सही ढंगले ब्यवस्थापन गर्ने बताउनु भयो। उहाँले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्दालाई एकतामा बदल्नु पर्नेमा जोड दिदै पार्टी निर्माणका निम्ति पार्टी नेता, कार्यकर्ताले आफ्नो कार्यशैली रुपान्तरण गर्दै जनमुखी कार्यशैली अपनाउनु पर्ने धारणा राख्नु भयो । नेता न्यौपानेले नेतृत्वमा रहनेहरुले सबै पार्टी कार्यकर्ताको भावनालाई ध्यान दिदै नेतृत्व गर्नु पर्नेमा सुझाव राख्नु भयो ।

वैठकलाई सम्बोधन गर्दै केन्द्रिय निर्वाचन आयोग सदस्य एवम भुमि आयोग कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेलले जरा अभियानले काम गर्नेलाई स्थान दिने बताउनुभयो। उहाँले काम र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने र पार्टीमा छलफल र अन्तरविमर्शलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सोही वैठकमा जिल्ला अध्यक्ष बाबुराम खनालले जिल्लाका कमिटि चलाउन ठुलो संख्या मात्रै भएर नहुने बताउदै काम गर्नेलाई स्थान दिएर सानो कमिटि संख्याले पनि उत्कृष्ट काम गर्न सक्ने बताउनुभयो। उहाँले आन्तरिक अन्तरविरोध हटाउनुपर्ने, सरकारमा हुँदा पार्टीले गरेको राम्रो कामको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यकर्तामा उत्पन्न वितृष्णा र गुटगत राजनीतिका कारण पार्टीमा समस्या उत्पन्न हुन सक्ने भन्दै नेताहरूले कार्यकर्ताको कुरा सुन्नुपर्ने र गुटबन्दी गर्न नहुनेमा अध्यक्ष खनालले जोड दिनुभयो । उहाँले नेताहरूले व्यक्ति बोक्ने काम गर्दा पार्टीमा समस्या आउने बताउँदै यस्तो प्रवृत्ति त्याग्नुपर्ने धारणा राख्नुभयो ।

बुद्धभूमि नगर अध्यक्ष धुर्व न्यौपानेको अध्यक्षता रहेको बैठकमा बुद्धभूमि नगर उपाध्यक्ष रोमलाल थापाको स्वागत मन्तव्य र सचिव नारायण पन्थीको संचालनमा बैठक सम्पन्न भएको छ।


प्रकाशित : २०८१ फाल्गुन १२, सोमबार १९:०९