
हरि आचार्य, कपिलवस्तु
यहि चैत्र ५ गते हुने स्ववियु निर्वाचनको मिति नजिकिदै गर्दा स्ववियु उम्मेद्वारहरु आफ्ना प्रतिवद्धता सहित विद्यार्थी सामु गईरहेका छन् । सोहि क्रिममा जिल्लमै ठुलो र र्विाधिक चासोको बिषय बनेको कपिलवस्तुको बाणगंगा बुंची स्थित सिद्धार्थ क्याम्पसको अखिल संयुक्त प्यानलले आफ्ना प्रतिवद्धता सहित घोषणा पत्र जारी गरेको छ । पशुपति गिरीको नेतृत्वमा रहेको अखिल संयुक्त प्यानलले आफ्नो घोषणा पत्र जारी गरेको छ ।
घोषणा पत्रमा क्याम्पसको विद्यार्थी सख्याको र वर्तमान आवश्यकतालाई मध्यनजर राख्दै छुट्टै प्रशासनिक भवनको लागि अभिलम्ब पहल गरिने, वर्तमान आवश्यकतालाई मध्यनजर राख्दै बीबीए एमबिए कक्षा सञ्चालनका लागि यथाशिघ्र चाँडो सम्बन्धित निकाय सामु पहल गरिने, क्याम्पसको प्रवेशद्वार रहेको एउटै बाटोबाट मङ्गलबारको हाडबजारको दिन हुने किनबेचका कारणले विद्यार्र्थी वर्गमाथि हुन गएको अहजतालाई ध्यान दिदै सहजताका लागि पहल गरिने, गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री शिक्षण सिकाईका लागि पहल गरिने, खेलप्रेमी विद्यार्थीको लागि मध्येनजर राख्दै खेलकुदलाई थप व्यवस्थित गरिनेछ, आईसिटी अनुरुप पुस्तकालयलाई थप व्यवस्थित गर्नका लागि पहल गरिने उल्लेख गरिएको छ ।
त्यस्तै विद्यार्थीको चापलाई मध्यनजर राख्दै यातायातको व्यवस्थालाई थप सुविधायुक्त बनाइने, क्याम्पसको खेल मैदानलाई थप व्यवस्थित गर्नको लागि प्याराफिट सहितको सुविधासम्पन्न खेलमैदान निर्माण गर्न पहल गरिने, सेनिटरी प्याड बैंकलाई थप व्यवस्थित गरिने, विद्यार्थी सख्याको चापलाई मध्यनजर राख्दै खानेपानी र शौचालयलाई थप व्यवस्थित गर्न पहल गरिने, आन्तरिक परीक्षा र नतिजा प्रकाशनको समयतालिकालाई थप व्यवस्थित गर्न पहल गरिने, विधार्थिको अन्तर्निहित प्रतिभालाई थप प्रस्फुटित पार्नको लागि विभिन्न किसिमका अतिरिक्त तथा रचनात्मक क्रियाकलाप सञ्चालन गरिने, सौन्दर्यताले भरिपूर्ण क्याम्पस हाताभित्र रहेको फुलबारीलाई थप व्यवस्थित बनाइने, विषयगत शिक्षकद्वारा अध्यापन गरिने व्यवस्थालाई सुनिश्चित गरिनेछ र समय सापेक्षा स्वास्थ्य परिक्षणका लागि व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यता विद्यार्थीहरुको समस्यालाई मत्तयनजर गर्दै बाहिरी जिल्ला, विपन्न, गरिब, जेहेन्दार, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष छुटको पहल गरिने तथा विद्यार्थीहरुका आवश्यकतालाई मध्यनजर राख्दै स्ववियु कार्यकक्ष भित्रै निःशुल्क फोटोकपिको व्यवस्थापन गरिने समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।
अखिल संयुक्त प्यानलबाट सभापतिमा पशुपति गिरी, सचिवमा अर्चना आचार्य र कोषाध्यक्षमा प्रतिक्षा नेपालीले उम्मेदवारी दिएका छन् भने सदस्यहरुमा पुस्कर मरासिनी, दिपा थारु, पशुपति यादव, शाखा खत्री, सिता पाण्डे, प्रमिला थारु र नविन आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।