
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ८ लौगाई स्थित बाणगंगा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शिव शर्मा (शिशिर पौडेल) को प्यानल नै भारी मतका साथ निर्वाचित भएको छ । सचिवमा अनेरास्ववियुकै प्रदिप पौडेल, कोषाध्यक्षमा ममता थारु निर्वाचित भएका छन् भने सदस्यहरुमा निर्मला सुनार (निशा), जीवन रायमाझी, पुष्पा घिमिरे, अन्जु कंडेल र रजनी विश्वकर्मा निर्वाचित भएका हुन् ।
यो संगै बाणगंगा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेविसंघको विरासत तोड्न सफल भएको छ । चुनावी प्रतिस्पर्धामा रहेका अनेरास्ववियुका शिशिरले निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार विशाल विसीलाई ४५ मतान्तरले पराजित गरे विसीले ७३ र नेविसंघका पुजन बहादुर मल्लले ४६ मत प्राप्त गरे ।
यता सचिव तर्फ विद्यार्थी माझ लोकप्रिय अनेरास्ववियुका प्रदिप पौडेल १ सय ३६ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार मन्जीत बेल्बासेलाई ८१ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् भने नेविसंघका मिना ढुंगानाले ४० मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी ममता थारु १ सय १ मतका साथ निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार लक्ष्मण आचार्यलाई १९ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । स्वतन्त्रका आचार्यले ८२ तथा नेविसंघका प्रसुना भण्डारीले ४० मत प्राप्त गरिन् ।
यो क्याम्पसमा यस भन्दा अगाडिको स्ववियु निर्वाचन नेविसंघको तालाबन्दीका कारण हुन सकेको थिएन । यसरी हेर्दा यस क्याम्पसमा स्वतन्त्र भन्दा नेविसंघ निकै कमजोर देखिएको छ ।
स्ववियु सभापतिमा निर्वाचित भएसंगै शिशिर पौडेलले अमुल्य मतदान गरि सभापति सहित पुरै प्यानल सहित निर्वाचित गराउनुहुने सम्पुर्ण विद्यार्थी, संगठनका नेताहरु र शुभेच्छुकहरुलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेका छन् । सभापति पौडेलले निर्वाचित आफ्नो प्यानलले आगामी दिनमा सम्पुर्ण विद्यार्थीहरुको आवश्यकता र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।