ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय

Lumbini Darpan 2 २०८२ बैशाख २७, शनिबार ११:०१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालको आसन्न राष्ट्रिय महाधिवेशन र संगठन विस्तारको एजेन्डामा केन्द्रित प्रथम पुर्ण बैठकमा विभिन्न महत्वपुर्ण निर्णय गरिएको छ । पार्टी कार्यालय वैरीयामा सम्पन्न बैठकमा सचिवालय गठन, जिम्मेवारी बाँडफाँड, सदस्यता विस्तार, महाधिवेशन प्रतिनिधि चयन लगायत विविध एजेण्डाहरुमा छलफल गरि निर्णय गरिएको राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी अध्यक्ष बलराम खनालले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल प्रदेश सह ईन्चार्ज धनु अधिकारीले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताउनुभएको छ । पार्टी प्रदेश कमिटी सदस्य समेत रहनुभएका अधिकारीले पार्टीका लागि युवा संघको अहम भुमिका रहेकाले पार्टीलाइ बलियो बनाउने युवा संघ नै रहेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताउनुभयो ।

त्यस्तै संगठनका जिल्ला सह ईन्चार्ज गोपाल मणि ज्ञवालीले जिल्ला कमिटीसंगै सबै पालिका कमिटी अब तदारुकताका साथ लाग्न निर्देशन दिंदै साथ सदैव रहेको बताउनुभयो । उहाँले पार्टीलाई आवश्यक परेको खण्डमा साथ र सहयोगका लागि तयारी अवस्थामा बस्न सबैलाई निर्देशन समेत दिनुभएको छ । उहाँले पार्टी र पार्टी नेतृत्व प्रति सामाजिक संजालमा छरिएको भ्रम युवाहरुले चिर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले युवाहरुका माग, आवश्यकता र युवा लक्षित योजना बनाई पार्टीमा पेश गर्न युवालाई अनुरोध गर्दै युवाहरु पार्टीका मेरुदण्ड रहेको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष तिलक गिरीले संगठनको राष्ट्रिय महाधिवेशनको बारेमा विस्तृत जानकारी दिंदै युथ सेलिब्रेसनमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष गिरीले नगरका सबै वडामा संगठन विस्तार संगै सबै वडा कमिटीहरुलाई सक्रिय बनाउनका लागि नगर कमिटीलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी अध्यक्ष बलराम खनालले बैठक सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै पार्टीको निर्देशन अनुसार नगर कमिटी अगाडि बढ्ने बताउनुभयो । बैठकका अध्यक्ष समेत रहनुभएका खनालले नगर कमिटी सदस्यता विस्तार र संगठन विस्तारमा लागिपर्ने बताउनुभयो ।

बैठकमा पार्टी जिल्ला उपाध्यक्ष शंकर पाण्डेले पनि संगठनलाई आवश्यक निर्देशन दिनुभएको थियो । पार्टी जिल्ला कमिटी सदस्य भिष्मराज भुसाल, पार्टीका नगर कमिटी सचिवालय सदस्य तथा संगठनका नगर ईन्चार्ज सरोजमणि पौडेल, संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बैठक नगर कमिटी उपाध्यक्ष सह सचिव शिव शर्माको स्वागत मन्तब्य तथा सचिव बिकास भट्टराईको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८२ बैशाख २७, शनिबार ११:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech