देवचुलीका एक पुरूष गैंडाकोटमा मृत फेला परेका छन्।गैंडाकोट नगरपालिका वडा नं। १४ स्थित नगरटाँडी भित्री सडकखण्डको खोल्सामा देवचुलीका एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
मृत्यु हुनेमा देवचुली नगरपालिका १६ रजहर बस्ने बर्ष ५१ को किसान न्यौपाने रहेका छन्।मृतक न्यौपाने शुक्रबार साँझ ५स्३० बजेतिर घरदेखि गैंडाकोटको नगरटाँडी तर्फ काम खोज्न भन्दै साईकलमा निस्किएको पाईएको छ।
निजले साईकल चलाएरै नगरटाँडी आएको र मृतकको घटनास्थलबाट साइकल समेत बरामद भएकोले साइकलबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।






















