ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

ल्याप्रोस्कोपी विधिबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार

Lumbini Darpan 3 २०८२ श्रावण २१, बुधबार १२:२८
[sharethis-inline-buttons]

बुटवल,
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसूति सेवाको विशिष्टकृतसँगै उपचार सेवामा ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दै गएको छ । अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै भवन तथा छुट्टै शल्यक्रिया कक्ष बिस्तारपछि उपचार सेवा थप प्रभावकारी बन्दै गएको अस्पतालमा मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले बताउनु भएको छ ।

यसैबिच अस्पतालमा ल्याप्रोस्कोपी अर्थात् दूरबिन विधिबाट उपचार सेवा अन्तरगत एक्टोपिक प्रेग्नेन्सी शल्यक्रिया सफल भएको छ । सामान्यता महिलाको गर्भ रहँदा भ्रुण गर्भाशय भित्र बस्न जान्छ र त्यहीँ विकास हुने गर्दछ । तर एक्टोपिक गर्भावस्थामा भ्रुण गर्भाशय बाहिर, प्रायः फ्यालोपियन ट्युबमा विकास हुन थाल्दछ ।कहिलेकाहीँ यो अण्डाशय पेटको भित्तो वा गर्भाशयमा बस्न जानेहुँदा महिलालाई अत्यन्त जोखिम हुने गर्दछ । डा। बाबिता थापाका अनुसार एक्टोपिक प्रेग्नेन्सी जीवनको लागि खतरनाक हुन सक्छ किनकि भ्रुण ट्युब वा अन्य अंगमा बढ्न सक्दैन र त्यो स्थान चुँडिएर आन्तरिक रक्तस्राव हुनसक्छ । यसले महिलाको ज्यान पनि जान सक्छ । उक्त समस्याका लागि एक्टोपिक प्रेग्नेन्सी शल्यक्रिया गर्ने गरिन्छ ।

पछिल्लो समयमा यस विधिलाई अत्यन्त भरपर्दो एवम् आधुनिक विकास पद्धतिको प्रविधिको रूपमा लिने गरिएको छ । यस किसिमको प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै चिरफार गर्न नपर्ने रक्तश्रापको जोखिम अत्यन्त कम हुने साथै बिरामी पनि छिटो निको हुने हुँदा यो सबै कुराबाट अत्यन्त भरपर्दो रहेको चिकित्सकहरू बताउँछन् ।

अस्पतालका प्रसुती विभाग प्रमुख वरिष्ठ स्त्री रोग विशेषज्ञ डा। भक्तवत्सल राउतको नेतृत्वमा महिलाको शल्यक्रिया सफल भएको हो । शल्यक्रियाका लागि अस्पतालका डा। अनुपमा केसी, डा। बबिता थापा, डा। सीमा राना तथा एनेस्थेसिया कन्सल्टेन्स डा। समीर आचार्य सहभागी हुनु भएको थियो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले प्रसूति सेवा बाहेक अन्य क्षेत्रमा समेत सेवा विशिष्टिकृत गर्ने अभियान रहेको बताए । लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर अन्य प्रदेशमाभन्दा बढी रहेको बताउँदै उनले त्यसलाई कम गर्नका लागि अस्पतालले सेवा बिस्तारलाई जोड दिएको बताउनु भयो।

अस्पतालमा छुट्टै भवनबाट प्रसूति सेवा तथा शल्यक्रिया सेवा उपलब्ध गराउन सुरु गरेपछि सेवाग्राहीलाई थप सहज भएको मेसु ढकालले बताउनु भयको थियो।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा बिस्तारसँगै गुणस्तीय र सहजताका लागि पनि जोड दिइएको बताए । अस्पतालमा भौतिक संरचनाहरू समेत थप गर्ने क्रम जारी रहेको जानकारी गराउँदै उनले छिट्टै मेडिकल वार्डमा बेड संख्या थप गरी ९० पुर्याउने तथा आईसीयू बेड संख्यालाई समेत बिस्तार गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो ।


प्रकाशित : २०८२ श्रावण २१, बुधबार १२:२८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech