ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवारीका लागि ज्ञानु पौड्याल सहित ९ जनाको आवेदन

Lumbini Darpan 3 २०८२ श्रावण २२, बिहीबार १७:४८
[sharethis-inline-buttons]

रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । रास्वपाले बिहीबार सामाजिक सञ्जाल फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो ।आवेदन दिनेमा ज्ञानु पौड्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, जीत बहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधु प्रसाद अर्याल रहनुभएको छ ।
उम्मेदवारी दिन इच्छुक व्यक्तिमा ज्ञानु पौड्याल सहकारी अभियन्ता हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आउनुभएको छ । जनउत्थान सहकारीमा लामो समय काम गर्नु भएकी तथा हाल दुध प्रसोधन केन्द्र लुस्कुनमा अध्यक्ष रहनु भएकी पौड्याल सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ ।क्षेत्रीय सभापति मधु अर्याल शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँ तिलोत्तमाका विद्यालय सञ्चालक हुनुहुन्छ । त्यस्तै डा। लेखजंग थापा न्यूरो सर्जन हुनुहुन्छ । केन्द्रीय सदस्य कुसुम महर्जन २०७९ सालको निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो । उक्त सूचीबाट नाम फिर्ता गरेर उनी उम्मेदवारीको दौडमा सहभागी हुनुहुन्छ ।
पुनम अग्रवाल रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकलको प्रबन्ध निर्देशक हुनुहुनुहुन्छ । प्राध्यापन पेशामा रहनुभएका उपाध्यायले हिजो मात्रै रुपन्देही क्याम्पस प्रमुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । गुप्ता रास्वपा लुम्बिनी प्रदेश सदस्य तथा २०७९ सालमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुनुहुन्छ । सुलभ खरेल अमेरिकाबाट निर्वाचनकै लागि आउनुभएको छ ।
शुक्रबार भोलि बिहान १० बजेदेखि शनिबार पर्सी साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दावीविरोध गर्न सकिने रास्वपा सह–महामन्त्री तथा रुपन्देही–३ का चुनावी कमाण्डर विपिन आचार्यले जानकारी दिनुभयो ।यसका लागि रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिनुपर्ने छ । साउन २६ गते प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ ।त्यस्तै रास्वपाले आवेदन दिएकाहरूमध्येबाट उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गर्ने भएको छ । जसको अंकभार ५० प्रतिशत हुनेछ । जसका लागि भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारिम्भक निर्वाचन हुने र त्यसमा रुपन्देही–३ का रास्वपा पार्टी सदस्यहरू र केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउने आचार्यले बताउनुभयो ।
प्रारम्भिक निर्वाचनबाट पाउने ५० प्रतिशत अंकभारलाई सय प्रतिशत मानेर चुनाव हुँदा रुपन्देही–३ मा रास्वपा सदस्यको मतभार ८० प्रतिशत र त्यही क्षेत्रमा रास्वपाको समितिमा रहेका सदस्यको अंकभार १० प्रतिशत हुनेछ ।त्यस्तै केन्द्रीय सदस्यको १० प्रतिशत हुनेछ । प्रारम्भिक निर्वाचनबाट प्राप्त अंक र पार्टीले गर्ने निर्णयबाट उम्मेदवार तय गरिनेछ । रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठाको रुपमा लिएको छ ।


प्रकाशित : २०८२ श्रावण २२, बिहीबार १७:४८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित तीन जना सिफारिस

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech