सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले(कांग्रेसका सांसदहरूलाई हस्ताक्षर गराएका हुन्।
सांसदहरू बिहान १० बजेदखि दलको कार्यालयमा आएर उनीहरुले हस्ताक्षर गरिरहेका छन्। सांसदहरुले खाली कागजमा हस्ताक्षर गरिरहेका छन्। तर हस्ताक्षरको प्रयोजन भने मिडियासामू उनीहरुले खुलाउन चाहेनन्। कांग्रेसले सांसदलाई २ बजेभित्र संसदीय दलको कार्यालयमा उपस्थित हुन सर्कूलर गरेको छ।
नेपाली कांग्रेसको आज बिहान पदाधिकारी बैठक बसेको थियो। बैठकमा राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार चयन र उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाउने सम्बन्धमा छलफल भएको बताइएको छ।



















