हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउ मा स्थित बाणगंगा दुग्ध उत्पादक सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले उद्घाटन गर्नुभएको हो । सभालाई सम्बोधन गदै प्रदेश सांसद न्यौपानेले बाणगंगामा उत्पादन भएको दुध पूर्व पश्चिम सबै ठाउँमा पुगेको बताउँदै यसलाई अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुग्ध उत्पादक सहकारीलाई प्रदेश सरकारबाट सक्दो सहयोग प्रतिबद्धता समेत जनाउनुभयो । प्रदेशका विशेषाधिकार समितिका सभापति समेत रहनुभएका न्यौपानेले दुध मात्र नभई यसबाट बन्ने परिकारहरु पनि उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकामा दुग्ध उत्पादन महत्वपूर्ण सहकारी संस्था भएको उल्लेख गर्दै नगरमा दुग्ध उत्पादन ६५ वटा सहकारी संस्था भएका मध्ये १५ वटा सरकार मातहतका भएको र ५० वटा नगरपालिका मातहतका भएको जानकारी गराउदै नगरभित्र भएका प्रत्येक उत्पादन सहकारी संस्थाको अनुगमन गरिरहेको बताउनुभयो । उहाँले नगरपालिका भित्रका सहकारीहरु मध्ये कुनै पनि सहकारीमा अनियमितता नरहेको बताउनुभयो ।
बाणगंगा नगरपालिकाका पशु शाखा प्रमुख किशोर तिवारीले आ.व वर्षमा खोरेतको भ्याक्सिन १२ हजार आवश्यक परेको बताउदै त्यसका पहल निम्ति लागि परेको जानकारी दिनुभयो ।
दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेले दूधको विविधिकरणलाई अझै विस्तार गरी नयाँ नयाँ परिकारहरू उत्पादन गरि संस्थालाई उचाइमा पुराउन लागी परेको बताउनुभयो । अध्यक्ष न्यौपानेले संस्थाले आफ्ना पशुपालन गर्ने किसानहरूको क्रमका आधारमा बर्ष मा दुइ पटक पुर्ण अनुदानमा घाँसको विउ वितरण गर्दै आएको बताउनुभयो । उहाँले पशुहरूको विमामा प्रोत्साहन गर्न र आफ्नो पशु सुरक्षित रहुस् भन्नका लागि संस्था बाट पशु विमा गर्ने मित्रहरूलाई बिमा गरे बापत केहि अनुदान दिदै आएको बताउनुभयो । उहाँले पशुहरू सुरक्षित र निरोगि राख्नका लागि सहकारीको तर्फबाट पशुमा लाग्ने रोगको उपचारको लागि पशु प्राविधिव बोलाएर तालिमहरु सञ्चालन गरिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार हुमनाथ पौडेल, बाणगंगा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष बाबुराम अर्याल लगायतले मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष गिरिराज पौडेलले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक बिद्यापति भण्डारीले प्रस्तुत गरेको लेखा प्रतिवेदन, संस्थाका व्यावस्थापक केशव कुवँरले अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएका छन् । सहकारीका बरिष्ठ उपाध्यक्ष त्रिलोचन न्यौपानेको स्वागत मनतब्य र सचिव सुर्य प्रसाद भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






















