ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

Lumbini Darpan 2 २०८२ मंसिर ६, शनिबार २०:१०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सामुदायिक वनको विकास र प्रवद्र्धन गर्न ढिलाई भएको लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बताउनुभएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समुह बाणगंगा १ र २ कपिलवस्तुको १८ र्औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद पन्थीले सामुदायिक वनको विकास र प्रवद्र्धन पहिले देखि नै गर्नुपर्नेमा अल्लि पछि सुरु गरिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले सामुदायिक वनको विकास, प्रवद्र्धन र सदुपयोग सबै सरोकारवालाहरु मिलेर गर्न आवश्यक रहेको बताउनुभयो । सांसद पन्थीले सामुदायिक वनले अब रासायनिक नभई प्राङगारिक मल उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । पन्थीले वनको विकास मानवको जिवनसंग जोडिएकाले मानिसका लागि मात्र नभई हरेक जिवित प्राणिहरुका लागि वन आवश्यक पर्ने बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले बाणगंगा नगरपालिकाका सामुदायिक वनमा आर्थिक अनियमितता, अपारदर्शिता नरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले प्रत्येक बर्ष सामुदायिक वनको अनुगमन गरेको बताउदै कुनै पनि अनियमितता नरहेको बताउनुभयो । उहाँले नगरपालिका सामुदायिक वनसंग हातेमालो गरेर विकासका काममा अगाडि बढ्ने बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नंं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले वडाका सामुदायिक वनहरुसंग वडा कार्यालय जोडिएर काम गरिरहेको बताउनुभयो ।

बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्की, वैज्ञानिक वन महासंघ अध्यक्ष रेनु सेन, नवजागृती सामुदायिक वनका अध्यक्ष हेमनाथ ज्ञवाली लगायतले मन्तब्य राख्दै मनकामना सामुदायिक वनले विभिन्न विकासका कार्यहरु गरेको बताउनुभयो ।

सामुदायिक वनले आर्थिक बर्ष २०८२/८३ का लागि ६ करोड ४६ लाख ९ हजार ७ सय पचास बराबरको अनुमानित बजेट विनियोजन गरेको छ ।

सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्कीले काठजन्य उत्पादनको उचित उपयोग र वितरणमा पारदर्शिता कायम गरिएको, वातावरण संरक्षण, जैविक विविधता, संरक्षण, र वन आगलागी नियन्त्रणमा सदस्यहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताउनुभयो । अध्यक्ष कार्कीले समाजसेवा र सामुदायिक विकासका क्षेत्रमा पनि हाम्रो समूहले विद्यालय सहयोग, बाटो मर्मत, तालीम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीय विकासमा योगदान पुर्याएको बताउनुभयो ।

साधारण सभामा अध्यक्ष मुक्त बहादुर कार्कीले प्रस्तुत गरेको प्रतिवेदन, सचिव गंगा कुमारी भट्टराईले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी थारुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएका छन् । वनका उपाध्यक्ष पुष्कर घिमिरेको स्वागत तथा सचिव गंगा कुमारी भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा उपभोक्ता, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ मंसिर ६, शनिबार २०:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech