जीतपुर।
गत मंशिर १८ गतेदेखि औपचारीक रुपमा शुरु भएको १६ औं कपिलवस्तु महोत्सवमा पर्दा भित्रका एक पात्र हुन जनक पौडेल ।
पौडेल महोत्सवमा बाणगंगा वेलफेयरका कार्यालय प्रमुख हुन् । महोत्सव सफल पार्न अहोरात्र खटिने मात्र होईन समन्वय देखि अधिकांश काममा व्यस्त रहने पौडेल वेलफेयरले आयोजना गरेको नवौं महोत्सवबाट प्रवेश गरेका हुन् ।
पढाईमा स्नातक तह पास गरेका पौडेल पछिल्लो समय लोक सेवा अध्ययनका लागि काठमाण्डौ जाने र अध्ययन गर्दै आएका थिए जव वेलफेयरको काधमा १६ कपिलवस्तु महोत्सवको जिम्मेवारी आयो उनि यसलाई सफल बनाउन आफ्नो व्यक्तिगत विषय छाडेर महोत्सवका लागि फर्किएको बताउछन् ।महोत्सव सफलताका लागि उनि अहोरात्र खटिने मध्ये एक हुन् । १६ औं कपिलवस्तु महोत्सवले जिल्ला मात्र होईन समग्र यस क्षेत्रकै ध्यान तानेको छ ।
जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहदै आएको महोत्सव उद्योग व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो । कपिलवस्तु महोत्सव हाल १६ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुदै आएको छ ।
तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् ।
१६ औं कपिलवस्तु महोत्सव सम्म आईपुग्दा व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरण र उत्पादनमा फलदायी हुने अपेक्षा गरिएको छ ।
यस अगाडी ९ औं ११ औं महोत्सवबाट सकंलन भएको बचत रकमबाट आयोजक संस्थाको भवन निर्माणलाई प्राथमिकता दिईएको थियो , भने पार्किङ्ग तर्फबाट लागु औषध दुर्व्यसनी तर्फ सहयोग पुर्याएको थियो । यसवर्ष पनी दुर्व्यसनी मुक्त समाज निर्माणका लागि टेवा पुर्याईएको थियो ।
जिल्लामा हालसंम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेका छन् । २०६५ बाट सुरु भएको महोत्सवको पहिलो संयोजक को रुपमा स्थानिय समाजसेवी शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए । तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने युवाहरुको काधमा रहेको थियो जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । छैठौ र आठौं महोत्सव संयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले गरेका थिए । सातौ , नवौं र एधारौ चौधौ र १६ औं महोत्सवको रथ संयोजक वेलफेयरका अध्यक्ष राजकुमार खाँणले हाकेका हुन् । भने १० आंै महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो । १२ औं र १३ औं कपिलवस्तुको नेतृत्व लगातार चर्चित समाजसेवी व्यातिmत्व एवं कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले नेतृत्व गरेका थिए भने १५ औं कपिलवस्तु महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एवं समाजसेवी गणेश क्षेत्रीको नेतृत्वमा संम्पन्न भएको थियो । महोत्सवले कपिलवस्तु जिल्लाको एतिहासिक तथा धार्मिक विकास सँगसँगै उद्योग व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हाल चलिरहेको १६ औं कपिलवस्तु महोत्सवका संयोजक राज कुमार खाँणको भनाई छ । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण सावित भईरहेको उनको भनाई छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ४ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।
महोत्सव युवा बुढापाका पुस्ता , बाल बच्चा सवैको मन जित्ने चाख लाग्दो रहेको आयोजकको दावी छ । स्थानीय भाषा संस्कृतिको उत्थान र पहिचान लाई पनि कपिलवस्तु महोत्सवले प्रस्फुटन गर्ने निर्देशक दिनेश क्षेत्रीले बताए । सर्वाधिक चासोका साथ हेरिएको हाल १४ आंै डान्स आईडियलका प्रतिभाहरुको नित्यले महोत्सवमा पुग्ने दर्शकहरुको ध्यान तानेको छ ।

यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रर्वद्धन गर्ने गरि महोत्सव सजाईएको उनले बताए ।
करिव २ सय ५० व्यवसायीक स्टल र ५० बढी प्रर्दशनी स्टलमा राखिएका विभिन्न प्रर्दशनीका सामाग्रीहरुमा पुग्ने दर्शकको मन तान्ने गरेको छ भने आधुनिक कृषि उपकरण,कृषि फर्म , नर्सरी , कृषि उपज प्रर्दशनी ,सचिवालय वरपर रहेको रहेको सेल्फि जोन मा सेल्फि लिने र टिकटक बनाउनेको भिड बढ्ेको छ ।
कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले दर्शकहरूको मन जित्न सफल भएको छ ।
आज शुक्रबार महोत्सवमा चर्चित राष्ट्रिय गायक प्रकाश सपुत, राष्ट्रिय गायिका सिमरन परियार, राष्ट्रिय लोकदोहोरी गायिका रितु शाही, १४ औं कपिलवस्तु डान्स आइडल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष राज कुमार खाँणले जानकारी दिए ।






















