ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

Lumbini Darpan 1 २०८२ पुष ३०, बुधबार ०६:२४
[sharethis-inline-buttons]

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ नेतृत्व चयन गर्दै आफ्नो सांगठनिक संरचनालाई थप सुदृढ बनाएको छ। मंगलबार संस्थाको सभाहलमा सम्पन्न निर्वाचित घोषणा कार्यक्रममा लक्ष्मण प्रसाद बेल्बासे पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो।

बेल्बासेको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा कुलराज पौडेल, सचिवमा शंकर पाण्डे र कोषाध्यक्षमा मनु पाण्डे निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा बसन्त खनाल, चेतनारायण ढकाल, लक्ष्मण अधिकारी, गंगा कुमारी क्षेत्री र शर्मिला गिरी चयन हुनुभएको छ।

नयाँ नेतृत्व घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सिनर्जी बहुउद्देश्यीय सहकारी नगरस्तरमै उदाहरणीय सहकारीको रूपमा स्थापित भएको बताउनुभयो। नगरभित्र सञ्चालित सहकारीहरूको नियमित अनुगमन, लेखापरीक्षण तथा अद्यावधिक कार्य नगरपालिकाले गरिरहेको उल्लेख गर्दै उहाँले कुनै पनि सहकारी जोखिममा नरहेको स्पष्ट पार्नुभयो। नगरप्रमुख अर्यालले बचतकर्ताहरूलाई निर्धक्क भएर सहकारीमा बचत गर्न आग्रह गर्नुभयो।

नगरप्रमुख अर्यालले सिनर्जी सहकारी नगरकै जेठो सहकारी भएको उल्लेख गर्दै यसले प्रत्यक्ष रूपमा ४२ जनालाई रोजगारी प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो। दक्ष जनशक्ति तथा विज्ञ उत्पादन गर्न सफल भएको यस सहकारीले समग्र सहकारी अभियानलाई मजबुत बनाएको उहाँको भनाइ छ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले सिनर्जी सहकारीलाई सबैको साझा घरको रूपमा व्याख्या गर्दै यसलाई अझै उचाइमा पुर्‍याउन सदस्य, कर्मचारी र सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले पारदर्शिता, अनुशासन र सदस्य हितलाई प्राथमिकतामा राख्दै सहकारी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहकारीका सल्लाहकार गुणानिधि भुसालले पछिल्लो समय केही सहकारीहरू ठगी र पलायनका कारण बदनाम भइरहेका बेला सिनर्जी सहकारी भने भरोसायोग्य र विशाल सहकारीको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।

कार्यक्रमको सहजीकरण सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व सचिव कृष्ण प्रसाद न्यापानेले गर्नुभएको थियो। कार्यक्रममा सेयर सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रकाशित : २०८२ पुष ३०, बुधबार ०६:२४

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech