लुदस, मोतिपुर
साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुरले अवकाश प्राप्त तथा पूर्व कर्मचारीहरूलाई सम्मानसहित विदाइ गरेको छ ।
संस्थामा लामो समयदेखि कार्यरत रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका सहायक प्रबन्धक जीवलाल पौडेल, फिल्ड सहजकर्ता पवनबहादुर दर्लामी र कृषि उपकरण चालक पिंगल थारुलाई एक कार्यक्रमका बीच विदाइ गरिएको हो ।
विदाइ कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष दीपेन्द्र विक्रम पौडेल, पशु सुरक्षण समिति संयोजक नन्दराम अर्याल, लेखा समिति संयोजक धनवीर वि.क. र समिति सदस्य सीता भट्टराईले अवकाश प्राप्त कर्मचारीहरूले संस्थाको विकास, विस्तार र प्रगतिमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँहरूले कर्मचारीहरूको मेहनत, इमानदारी र संस्थाप्रतिको जिम्मेवारी बोधले सहकारीलाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी जीवन सुखमय, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष उदयमान कुँवर क्षेत्रीको अध्यक्षता तथा कमला कुमारी खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।




















