कपिलवस्तु जिल्लामै पहिलो पटक आज शनिबार महिला लुङ्गी फुटबल प्रतियोगिता हुदै छ । उक्त प्रतियोगिता कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको हो ।
प्रतियोगिता बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्ध रंगशालामा बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक शंकर कार्कीले जानकारी दिनुभयो । महिला खेलाडीहरूको सहभागिता र क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ ।
महिला खेलाडीहरूका लागि यस्ता प्रतियोगिता अत्यन्त आवश्यक रहेको बताउँदै उहाँले बताउनु भयो । महिला खेलाडीहरुमा रहेको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन यो प्रतियोगिता आयोजना गरिएको उहाको भनाई छ । प्रतियोगिताले महिला खेलाडीको आत्मविश्वास बढाउने विश्वास लिईएको छ । यसले स्थानीय महिला खेलाडीलाई अघि बढ्न प्रेरणा मिल्नेछ आयोजकको विश्वास छ ।
प्रतियोगितामा जिल्लाभरका विभिन्न महिला टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।





















