ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

Lumbini Darpan 1 २०८२ माघ २४, शनिबार १४:१३
[sharethis-inline-buttons]

सरिता थारु, लक्ष्मणघाट

कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं। ६ मा अवस्थित लक्ष्मणघाट बोलबम धाम पछिल्लो समय धार्मिक आस्था र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। यही धामको ऐतिहासिक, धार्मिक र आध्यात्मिक महिमालाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको भजनको छायांकन पनि सम्पन्न भएको छ। स्थानीय धार्मिक स्थलको प्रवद्र्धनमा केन्द्रित यो सांगीतिक प्रयासलाई धामको पहिचान विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

शिवभक्तहरूको गहिरो आस्था जोडिएको लक्ष्मणघाट बोलबम धाम विशेषगरी श्रावण महिनामा बोलबम यात्रा गर्ने भक्तजनहरूको प्रमुख गन्तव्य हो। वर्षेनी यहाँ हजारौँ भक्तजनहरू दर्शन, पूजाआजा र जलार्पणका लागि आउने गर्छन्। यही धार्मिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भजन निर्माण गरिएको धाम व्यवस्थापन समितिले जनाएको छ।

धाम व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर काउचाले भजनको छायांकन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुहुँदै यस प्रकारका सिर्जनात्मक कार्यले लक्ष्मणघाट बोलबम धामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई स्थानीय सीमाभन्दा बाहिर राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार धार्मिक स्थलको संरक्षण केवल संरचना विकासले मात्र नभई त्यससँग जोडिएका कथा, विश्वास र संस्कृतिको प्रवद्र्धनबाट पनि सम्भव हुने बताउनुभयो।

३ मिनेट २७ सेकेन्ड लामो उक्त भजनमा शब्द तथा लय लेखनाथ घिमिरेको रहेको छ। भजनमार्फत लक्ष्मणघाट बोलबम धामप्रतिको शिवभक्ति, बोलबम यात्राको आध्यात्मिक अनुभूति र धामको महिमालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। लेखक तथा गायक घिमिरेका अनुसार भजनले भक्तजनको मनमा श्रद्धा, विश्वास र आध्यात्मिक चेतना थप्ने अपेक्षा गरिएको छ। “धार्मिक गीत–संगीतले मानिसलाई आस्थासँग जोड्ने मात्र होइन, संस्कृतिको संरक्षणमा पनि ठूलो भूमिका खेल्छ,” उहाँले भन्नुभयो।

पछिल्ला वर्षहरूमा लक्ष्मणघाट बोलबम धाम धार्मिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा अगाडि बढिरहेको छ। यस सन्दर्भमा धाम व्यवस्थापन समितिका कोषाध्यक्ष तुल्सी थापाले भजन, वृत्तचित्र र मिडियामार्फत गरिने प्रचार–प्रसारले धामको पहिचानलाई अझ मजबुत बनाउने धारणा राख्नुभयो। उहाँका अनुसार यस्ता सिर्जनाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउनेछ।

धाम व्यवस्थापन समितिका प्रेस सल्लाहकार थानेश्वर अधिकारीले स्थानीय धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनका लागि सांस्कृतिक र सिर्जनात्मक गतिविधि अपरिहार्य भएको बताउनुभयो। उहाँले लक्ष्मणघाट बोलबम धामलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

छायांकन सम्पन्न भएसँगै भजनलाई अन्तिम सम्पादन गरी छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ। भजन सार्वजनिक भएपछि लक्ष्मणघाट बोलबम धामप्रतिको आस्था अझ प्रगाढ हुनुका साथै नयाँ पुस्ता र बाह्य क्षेत्रका श्रद्धालु तथा पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

आस्था, संस्कृति र संगीतको संगम बनेको यो भजन केवल एक सांगीतिक सिर्जना मात्र नभई लक्ष्मणघाट बोलबम धामको पहिचान, इतिहास र आध्यात्मिक महत्वलाई जोगाइराख्ने एउटा सशक्त माध्यम बन्ने छ ।


प्रकाशित : २०८२ माघ २४, शनिबार १४:१३

Lumbini Darpan 1

लेखकबाट थप

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग
  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन
  • मन सफा छ, व्यवहार सरल छ
  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन
  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech