लुदस, कपिलवस्तु
नेकपा (एमाले) को जनवर्गीय संगठन अनेमसंघ बाणगंगा नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले तरवन्त कुमारी चौधरीको संयोजकत्वमा ५ सय १ सदस्यीय अनेमसंघ निर्वाचन प्रचार प्रसार कमिटी गठन गरिएको छ । जसमा नगर कमिटीका पदाधिकारी, सदस्य, ११ वटै वडाका अध्यक्ष पदाधिकारी तथा सदस्यहरु रहनुभएको छ । त्यस्तै बैठकले विभिन्न उप समिति गठन गरेको छ ।
बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तु सचिवालय सदस्य तथा अनेमसंघ केन्द्रिय सदस्य रीता कुुमारी चौधरीले निर्वाचन क्षेत्र नंं. १ मा एमालेका उम्मेद्वार विश्राम प्रसाद चौधरीलाई सुर्य चिन्हमा मतदान गरि जिताउनका लागि अनुरोध गर्नुभयो । उहाँले एमाले सरकारमा हुँदा गरेका विकास निर्माणका कामलाई जनतामाझ लैजान आवश्यक रहेको बताउनुभयो ।
अनेमसंघ लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष बिमला चौधरी लगायत जिल्ला कमिटीका पदाधिकारी सदस्यहरुको उपस्थिती रहेको बैठक अनेमसंघ बाणगंगा नगर कमिटी शोभा आचार्यको अध्यक्षता तथा सचिव सुशिला पौडेलको संचालनमा सम्पन्न बैठकमा अनेमसंघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।


















