ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

Lumbini Darpan 1 २०८३ श्रावण १८, सोमबार १५:२४
[sharethis-inline-buttons]

जितपुर ।  बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को पहिलो कार्यपालिका बैठकले विकास निर्माण, सेवा प्रवाह तथा पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम, बजेट कार्यान्वयन योजना तथा वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।

बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम साउन २१ गते बिहीबार बिहान ११ बजे नगरपालिकाको सभा हलमा आयोजना गर्ने निर्णय गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि नगर दररेट स्वीकृत गरिएको छ। नगर दररेट पारित भएसँगै नगरपालिकाअन्तर्गतका विकास आयोजना तथा योजनाहरू कार्यान्वयन प्रक्रियामा अघि बढ्ने भएका छन्।

नगरमा उद्योग तथा उद्यम प्रवर्द्धनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित उद्योग शाखा स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त शाखा स्थापना भएपछि स्थानीय उद्यमी तथा व्यवसायीलाई सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।

बैठकले विगतदेखि सञ्चालन हुँदै आएको पूर्ण संस्थागत प्रसूति सेवा अन्तर्गतको निःशुल्क एम्बुलेन्स सेवालाई अझ प्रभावकारी, व्यवस्थित र सेवामुखी बनाउन २०७७ सालमा जारी कार्यविधि संशोधन गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, नगरभित्र निर्माण भएका तथा निर्माणाधीन ठूला पूर्वाधार संरचनाको संरक्षण, सञ्चालन र दीगो उपयोग सुनिश्चित गर्न स्थानीय पूर्वाधार संरक्षण तथा उपयोग व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ।

समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष संयोजक रहनेछन् भने वडा सदस्यहरू, सम्बन्धित पूर्वाधारसँग सरोकार राख्ने संस्था वा समूहका प्रतिनिधि, एक महिलासहित वडा अध्यक्षले मनोनयन गर्ने कम्तीमा दुई जना सदस्य, सम्बन्धित वडाका प्राविधिक कर्मचारी तथा वडा सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।

समितिको संरक्षकका रूपमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार विकास शाखा प्रमुख (इन्जिनियर) तथा योजना शाखा प्रमुख रहने निर्णय गरिएको छ।

नगरपालिकाले कार्यपालिका बैठकबाट भएका निर्णयले चालु आर्थिक वर्षका विकास निर्माण, सेवा प्रवाह तथा पूर्वाधार व्यवस्थापनका कामलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।


प्रकाशित : २०८३ श्रावण १८, सोमबार १५:२४

Lumbini Darpan 1

लेखकबाट थप

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे
  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस
  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी
  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै
  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech