थानेस्वर अधिकारी । कपिलवस्तु । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश कार्यसमितिको बैठक तथा भजन कार्यक्रम कपिलवस्तुको भागिरथी गौ–संरक्षण विकास केन्द्रको प्राङ्गण,मधुबनमा सम्पन्न भएको छ। सोही अवसरमा बाणगङ्गा नगर कार्यसमितिसमेत गठन गरिएको छ।
लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष रामबहादुर ओलीको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय उपमहासचिव नारायण भुसाल, बाणगङ्गा – ८ को वडाध्यक्ष बाबुराम अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो भने प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बुद्धिसागर बेल्बासेले स्वागत मन्तव्य प्रदेश महासचिव टुकराज पाण्डेयको संचालन रहेको थियो । कार्यक्रममा प्रतिष्ठान केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज केदार सापकोटा , प्रतिष्ठान लुम्बिनीका निबर्तमान अध्यक्ष काशिराम बेल्बासे भागिरथी गौ–संरक्षण विकास केन्द्रका अध्यक्ष चक्र भण्डारी लगायतको उपस्थित रहेको थियो
कार्यक्रममा कपिलवस्तुबाट प्रतिष्ठानको आजीवन सदस्यता प्राप्त गरेका ४६ जना सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा मौलिक लोकभजन तथा चुड्का प्रस्तुत गर्दै सहभागीहरूले नेपाली लोककला, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका थिए।
यसैबीच राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको बैठक तथा भजन कार्यक्रम बाणगङ्गा नगरपालिका–८, मधुवनस्थित भागिरथी गौ–संरक्षण विकास केन्द्रमा सम्पन्न भएको छ। सोही कार्यक्रममा प्रतिष्ठानको बाणगङ्गा नगर कार्यसमिति गठन गरिएको हो।
गठित कार्यसमितिको अध्यक्षमा गोविन्द घिमिरे, उपाध्यक्षमा खुमकला घिमिरे, सचिवमा हरि गैरे र कोषाध्यक्षमा खिमलाल जैसी चयन हुनुभएको छ। सह–सचिव, सह–कोषाध्यक्षसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको जनाइएको छ।
कार्यक्रममा लोक भजन तथा चुड्काको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा पुस्तान्तरणका विषयमा छलफल गरिएको थियो।
सहभागीहरूले स्थानीय कला, संस्कृति, मौलिक लोकभाका तथा परम्पराको संरक्षणका लागि संस्थागत रूपमा निरन्तर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
प्रतिष्ठानले लोपोन्मुख अवस्थामा रहेका मौलिक लोकभजन, चुड्का तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।




















