लुदअ, काठमाडौं
बिहीबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीमाथि सामान्य (सैद्धान्तिक) छलफल गर्ने सम्भावित कार्यसूची छ ।
संघीय संसद सचिवालयका अनुसार सामान्य छलफलले कति समय लिन्छ भन्ने यकिन हुँदैन । किनभने यो विषयमा कति जना सांसदले बोल्छन् भन्ने विषयले छलफलको समय निर्धारण गर्छ । पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, बहालवाला प्रधानमन्त्री, विपक्षी दलको नेता र परिस्थिति अनुसार राष्ट्रिय दलको मान्यता पाएका दलका संसदीय दलको नेतालाई बोल्न दिँदा समय तोक्ने प्रचलन छैन । अन्य सांसदका लागि भने सभामुखले समय तोक्ने गरेका छन्
तर, यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गरिसक्नुपर्ने अमेरिकी दबाब छ । फागुन १६ सम्मको चार दिनमध्ये एक दिन शनिबार परेकाले संसदीय प्रक्रियाका लागि जम्मा तीन दिनको समय बाँकी छ । यस बीचमा एमसीसीमाथि सामान्य छलफल, विस्तृत ९दफावार० छलफल सकेर निर्णय गर्नुपर्ने दबाब भएकाले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु दौडधुपमा छन् । नेपालका लागि अमेरिकी राजदूतले पनि प्रमुख दलका शीर्ष नेताहरुसँग भेटभाट गरिरहेका छन् ।
एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया अघि बढाउनुपर्ने भूमिकामा रहेका सभामुख अग्निप्रसाद सापकोटा पनि आन्तरिक छलफलमा छन् ।
‘सामान्य छलफलपछि फेल हुन सक्छ’
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य ९सैद्धान्तिक० छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
त्यसपछि सांसदहरुले एमसीसीको विषयमा आफ्ना धारणा राख्नेछन् । यो चरणमा सांसदहरुले एमसीसी सम्झौताका विषयमा आआफ्ना धारणा राख्नेछन् । त्यसपछि सांसदले उठाएका प्रश्नमा सरकारका तर्फबाट अर्थमन्त्री वा कुनै मन्त्रीले जवाफ दिनेछन् । जवाफ चित्त बुझेर सांसदहरु सम्झौता अघि बढाउन तयार हुन पनि सक्छन् वा नहुन पनि सक्छन् ।



















