ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको चौथो बैठकः १० पालिका र ९६ वडाको निर्वाचनमा यसरी छान्दै उम्मेद्वार

Lumbini Darpan 2 २०७८ चैत्र २३, बुधबार ०७:५२
[sharethis-inline-buttons]
लुदअ, कपिलवस्तु
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले शुसासन, सन्तुलन र योगदानलाई आधार मानि पार्टीले स्थानिय तहको निर्वाचनमा उम्मेद्वार छनोट गर्ने बताउनु भयो । नेता घिमिरेले एमाले जिल्ला कमिटी कपिलवस्तुको चौथो पूर्ण वैठकलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । वैठकलाई सम्बोधन गर्दै नेता घिमिरेले पार्टी नेतृत्व प्रति विश्वास बढने गरी पार्टीले कार्य सम्पादन गर्दै सबै पार्टी कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्ने स्पष्ट पार्नु भयो ।

पूर्ण वैठकले वैशाख ३० गते हुने निर्वाचनका निम्ति उम्मेद्वार सिफारिसका लागि चैत्र २७ गते जिल्लाका ९६ वटै वडा स्तरका वैठक र चैत्र २९ गते जिल्लाका १० वटै स्थानिय तहका पालिका स्तरका वैठकहरु सम्पन्न गर्ने निर्णय गरेको एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनु भयो । सोही वैठकले स्थानिय तहको निर्वाचनका निम्ति आवश्यक निर्णय लिन जिल्ला सचिवालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जिल्ला उपसचिव अर्जुन केसीले जानकारी दिनु भयो ।सोही वैठकले वडा स्तरका निर्वाचन केन्द्रित कार्यालयको उद्घाटन चैत्र २५ गते भित्र गरिसक्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ । वैठकले पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य कुनै एक पदका निम्ति ३ जना सम्मको उम्मेद्वार सिफारिस गर्न सक्ने प्रक्रिया रहेको एमाले कपिलवस्तुले जनाएको छ । 

उम्मेद्वार सिफारिसको निर्णयलाई सम्बन्धित कमिटीको अध्यक्ष, सचिव र इन्चार्जले प्रमाणित गर्नुपर्ने प्रावधान तय गरेको जनाएको छ ।सोही वैठकले पार्टीको पालिका स्तरका घोषणा पत्र तयारीका निम्ती जिम्मेवारी प्रदान गर्नुका साथै वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा घोषणा पत्र सार्वजनिकीकरण गर्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । पूर्ण वैठकमा पालिका अध्यक्ष एवम् इन्चार्जले रिपोटिङ्ग गर्नु भएको थियो । पूर्ण वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य एवम् केन्द्रिय कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेले एमाले कसैसंग गठबन्धनबाट होइन ३ करोड नेपाली जनतालाई विश्वासमा लिएर निर्वाचनमा जाने बताउनु भयो । वैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले ब्यक्ति केन्द्रित नभई पार्टी केन्द्रित सूर्य चिन्हको प्रचारमा जुटन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।
चौथो वैठकलाई सम्बोधन गर्दै एमाले नेता तथा प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ताले जिल्लामा एमाले पहिलो शक्ति रहेको जिकिर गर्दै वैशाख ३० को स्थानिय तहको निर्वाचनबाट १० वटै स्थानिय तहमा सूर्य चिन्हको झण्डा फरफराउने दावि गर्नु भयो । केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले जिल्लाको दक्षिणी भेगमा उत्साह आएको जिकिर गर्नु भयो । त्यस्तै एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थिले जनलहर एमालेको पक्षमा रहेको जिकिर गर्दै एमालेको विजय निश्चित रहेको दावी गर्नु भयो । वैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले प्रति जनताको आकर्षण बढदै गएको दावी गर्दै चैत्र १४ गतेको पार्टी प्रवेश तथा वृहत सभाले पार्टी प्रतिको आकर्षण बढदो रहेको पुष्टी गरेको बताउनु भयो ।
जिल्ला सचिव सिवी गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु रामलाल काफ्ले, ईन्द्रमणी पौडेल, काशिराम बेल्बासे, साधुराम खनाल, मंगल प्रसाद गुप्ता,झविलाल पोख्रेल, काशिराम बेल्बासे, खुम आचार्य, कृष्ण पौडेल, टेकराज पौडेल, जंजिर प्रसाद चौधरी, धर्मलाल श्रीवास्तव, डम्बर शर्मा, शान्तिदेवी चमार, नेत्रराज अधिकारी, सूर्य कुमारी शाही, घरभरण यादव, बाबुराम खनाल,चक्रपाणी अर्याल,बाबुराम आचार्य, हिरालाल पौडेल,द्रोणराज सुवेदी, गुणानिधी भुसाल, रामविलास यादव, तुलाराम थारु, मेराज खाँ, जगदिश प्रसाद गुप्ता लगायतको आतिथ्यतामा सम्पन्न भएको एमाले जिल्ला प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।


प्रकाशित : २०७८ चैत्र २३, बुधबार ०७:५२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech