हरि आचार्य, कपिलवस्तु
नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. ८ अन्तर्गत ढोलेकोलमा पार्टीको टोल कमिटि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । एमाले पोलिट ब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै पार्टी लुम्बिनी प्रदेश सह–ईन्चार्ज समेत रहनुभएकी घिमिरेले एमालेसंग सही एजेण्डा भएको कारण जनताको भरपुर साथ रहने विस्वास व्यक्त गर्नुभयोे ।
एमालेसंग देश विकासको एजेण्डा एवं‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्प रहकोले देशव्यापी एमालेमा जनलहर सिर्जना भएको उहाँको दावी छ ।
कार्यक्रमको ब्यबस्थापन राष्ट्रिय युवा संघ जिल्ला सदस्य तथा वडा ईन्चार्ज दिपक जिसी र बिद्यार्थी नेता विजय पोख्रेलले गर्नुभएको थियो ।
त्यस्तै विभिन्न पार्टी परित्याग गरि ४५ जना एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ जिल्ला कमिटि सदस्य दिपक जिसीले जानकारी दिनुभयो ।
टोल कमिटिको कार्यालयबाट पार्टीका हरेक गतिविधि सञ्चालन तथा कार्यक्रम सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ । टोल कमिटिको अध्यक्ष हिरा भट्राईको अध्यक्षता, वडा कमिटि सह सचिव शैलेन्द्र बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















