लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुले जिल्लाकै चासोको रुपमा हेरिने बाणगंगा नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ । यहि बैशाख ३० गते शुक्रवारका दिन हुन गईरहेको स्थानीय चुनाव नजिकिएसंगै राजनितिक दलहरु उम्मेद्वारको टुंगो लगाउन ब्यस्त छन् ।
बाणगंगा नगरपालिकाको मेयरमा चक्रपाणि अर्याल र उप मेयरमा रीता थारुले उम्मेद्वारी पाउनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा अर्याल नगरपालिकाका उप प्रमुखमा विजयी भएका थिए भने थारु पुरानी नेतृको रुपमा परिचित छिन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले बाणगंगाको मेयरमा पराजय भोगेको थियो भने उप मेयरमा विजयी भएको थियो । अहिलेको स्थानीय तहको चुनावमा चासोका साथ हेरिएको छ ।




















