लुदस, जितपुर
कपिलवस्तुको वाणगंगा नगरपालिका ७ मा स्वतन्त्र उमेदवारका रुपमा अगाडी बढ्ेका नेत्र गिरीलाई गठबन्धन दलले सर्मथन गरेको छ ।
आसन्न बैशाख ३० गते हुन गइहेको स्थानीय तहको निर्वाचन अन्तरर्गत आज उम्मेद्वारी फिर्ताको अन्तिम समयसीमा तोकिएको थियो । जसमा उनलाई गठबन्धनको टिमबाट नेकपा माओवादी केन्द्र का शिव बन्जाडेको टिमले गिरीलाई सर्मथन गर्दै उमेद्वारी फिर्ता लिएको हो ।
एमाले कपिलवस्तुले नेत्रको उमेद्वारी फिर्ताका लागि विभिन्न प्रयास गरेतापनी असफल भएको छ ।
गजेहडा स्थित निर्वाचन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि गठबन्धनका नेताहरु सहितको टिमले गिरीलाई सर्मथन गरेको जानकारी दिएका हुन्
कार्यक्रममा बोल्दै साझा उमेद्वार गिरीले आफु एमालेको राजनितिक ईतिहास बोकेको व्याक्ति भएतापनी पार्टीले गरेको अन्याय र आफ्नै सहोदर भाईले गरेको बेईमानीका कारण आफु कुनै पनी हालतमा पछि नहटने र मतदाताले नै मुल्याङ्गन गर्ने बताएका थिए ।
उनले आफ्नो अन्तिम राजनीति जीवनको लागि पनि संघर्ष गर्नुपरेकोे प्रतिक्रिया दिए ।
उनले भने “म पार्टी निर्माणका लागि लामो समयदेखि सर्घषरत भए जिवन पार्टी कै लागि व्यथित भयो पैसा कमाउन सकिन , आज पार्टीले पैसा नहुनेले चुनाव जित्दैन् भनेर पैसाका पछाडि लाग्दा आफुजस्ता नेतृत्व को अपमान भएको बताए । उनले आफ्नो मुल्याङ्गकन बुझेर गठबन्धनले गरेको त्यागलाई उच्च स्राहना समेत व्यक्त गरेका छन् ।
गिरी ०४३ सालकै जनपक्षिय वडाध्यक्ष भएका नेता हुन् । झण्डै १९ बर्षको उमेरमा गिरीले साविक मोतीपुर गाविसको वडाध्यक्षमा जनपक्षिय उम्मेद्वार बनि चुनाव जितेका थिए । पछि बहुदल स्थापना पछि ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनले मोतीपुर गाविसमा चुनाव जिते । विपक्षी उम्मेद्वारलाई उनले भारी मतले पराजित गरि उनले चर्चा बटुलेका थिए ।
गाविसलाई कपिलवस्तुमा उत्कृष्ट बनाउँदै लगेका गिरी ०५४ सालको निर्वाचनमा पुनः गाविस अध्यक्षमा निर्वाचित भए ।
गएको ०७४ को स्थानीय तहको निर्वाचनमा गिरीलाई एमालेले जिल्ला समन्वय समितिको सभापति बनाउने गरि वडा सदस्यमा उठाएको थियो । वडा सदस्य बनेर जिसस सभापतिको उम्मेद्वार बनेका गिरी ३ मतले पराजित भएका थिए । एमालेका पालिका प्रमुख र उप-प्रमुख कम निर्वाचित भएको कारण गिरी पराजित हुन पुगेका थिए ।
सिंगो मोतिपुरको दुई/दुई कार्यालय अध्यक्ष भएर चलाएका गिरी अहिलेको निर्वाचनमा वडाध्यक्षको प्रमुख दाबेदार थिए । साविक मोतिपुर हाल दुई वडामा विभाजन भएको छ । तर पनि गिरीले वडाध्यक्ष हुने चाहना राखे पनि एमालेले टिकट दिएन् । यहाँ पुनः वडाध्यक्षमा विष्णु गिरीलाई दोहोर्याउने गरि एमालेले टिकट दिएको छ ।
सिंगो जीवन एमालेमा विताएका गिरी पनि उत्तिकै भावुकता थिए । कार्यकर्ताको दरिलो समर्थन पाए पनि उनको मनमा खुसी थिएन् । एमालेलाई वाणगंगामा यहाँसम्म ल्याउनुमा उनको ठूलो लगानी भएको बताईएको छ ।




















