ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भुमिकास्थान मा उपमेयर उमेद्वारका प्रतिबद्धता ः कृषि शिक्षा स्वास्थ्य मा अब्बल बनाउने अठोट

लुम्बिनी दर्पण २०७९ बैशाख १७, शनिबार १५:२५
[sharethis-inline-buttons]

लुदस, अर्घाखाँची
अर्घाखाचीको भुमिकास्थान नगरपालिकामा यस पटक सत्ता गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारका वीचमा चुनावी प्रतिस्पर्धा छ । यहाँ प्रमुखमा जत्तिकै रोचक प्रतिस्पर्धा उपप्रमुखमा समेत रहेको छ । उपप्रमुखका उम्मेदवार बालकृष्ण बन्जाडे स्थानिय समाजसेवी हुन भने उनी जिल्लामा राम्रै परिचित ब्यक्तित्व हुन ।
पञ्चायती कालमा होस् वा वहुदलिय ब्यवस्थामा होस् उनले विकास निर्माण तथा समाजसेवामा योगदान दिदै आएका छन । विद्यार्थी जीवनमा कम्युनिष्टको राजनीति गरेका बन्जाडे ६ वर्ष शिक्षण पेशामा रहे । ६५ वर्षका उनी २०४३ सालमा धारापानी गाउँपञ्चायतको प्रधानपञ्च भएर सिंगो धारापानीको नेतृत्व गरे । धारापानीको विकासका लागि पञ्चायतकालमा पनि योगदान गरेका उनले बहुदलिय ब्यवस्थामा पनि सक्दो पहल र काम गर्दै आएका छन । पछिल्लो पटक ०७४ सालमा वडा अध्यक्ष भएर धारापानीको विकासमा होमिएका उनी अव भने सिगो नगरपालिकाको विकासमा तल्लिन हुन चाहान्छन ।

जनताले सुख र सुविधा पाउनुपर्छ भन्ने बन्जाडेको मान्यता

पालिकालाई समृद्ध बनाउने मेरो चाहाना छ, भष्टाचार मुक्त समाज बनाउन र विकासका कामलाई तीव्रता दिन, पालिकाको उपमेयरमा उम्मेदवारी दिएको छु, उनले भने, जनताले सुख र सुविधा पाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ, पालिका उपप्रमुखमा विजय भएपछि म सोही अनुसार काममा खट्छु ।
भुमिका स्थान नगरपालिकाका ३ नम्वर र १० नम्वर वडा अलि पछाडी परेका वडामा पर्छन । बन्जाडे यी दुवै वडाका सडक सुधारमा पहिलो चासो दिन्छन । ती वडाका सडक सुधार गर्न पाए त्यहाका जनतालाई धेरै सहज हुने थियो भन्ने सोच आफूमा रहेको उनले बताए । आफू निर्वाचित भएपछि ती वडाको सडक सुधार सगै पालिका भरीका सडक सुधारमा विशेष ध्यान दिने बताउछन ।
कृषि, शिक्षा, स्वास्थ्यमा योजना वद्ध विकास गर्ने बन्जाडेको चाहना
पालिकाका बासिन्दालाई खानेपानी सुविधा सहज बनाउन लागि पर्ने प्रतिवद्धता उनको छ । सबै घरमा अर्थात एक घर एक धारा एक वर्ष भित्रैमा पुर्याउने गरी काम गर्ने बन्जाडे बताउछन । पालिकाका बासिन्दाको जीवन स्तरमा परिवर्तन ल्याउने गरी विकासमा योगदान गर्ने चाहाना राखेका बन्जाडे कृषि, शिक्षा, स्वास्थ्यदेखि हरेक क्षेत्रको विकासमा योजना वद्ध रुपमा अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउछन ।
वडा वडामा गुणस्तरीय स्वास्थ्य सेवा हुनुपर्छ भन्ने मान्यता मेरो छ, जतिसक्दो सुधार गर्न म लागि पर्छु, उनले भने । स्वास्थ्यमा जनशक्ति थप गर्न तथा भौतिक संरचनामा सुधार गर्न लागि पर्ने उनले बताए । त्यस्तै गुणस्तरीय शिक्षामा पनि आफ्नो विशेष ध्यान जाने उनले बताए । लामो समय शिक्षण पेशा समेत अगालेका बन्जाडेले पालिकामा शिक्षामा सुधार ल्याउन सकिए गुणस्तर जनशक्ति उत्पादन हुने र त्यसले पालिकालाई मात्रै नभएर देश विकासमा योगदान पुग्ने ठान्छन ।

यस्तो छ बन्जाडेको राजनीति पृष्ठभुमि

बिस २०१४ सालमा जन्मिएका बालकृष्ण बन्जाडे बिद्यार्थी जीवनकालमा कम्युनिष्ट राजनीतिबाट प्रभावित थिए । विद्यार्थी जीवनमा अखिलको राजनीति गरेका उनी शिक्षक हुदै प्रधानपञ्च भए । ०४६ सालको राजनीति परिवर्तन पछि कांग्रेसको राजनीतिमा सक्रिय उनले २ दशक कांग्रेसको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरे । कांग्रेसको जिल्ला देखि क्षेत्र र गाबिस सम्म भिभिन्न समिति मा रहेर पनि उनले भुमिका निर्वाह गरे । २०६६ सालदेखि माओवादीमा सक्रिय रहदै आएका बन्जाडे ०६६ देखि हालसम्म माओवादी केन्द्रको जिल्ला सल्लाहकार रहेका छन । अर्घाखाचीमा माओवादीका पाका राजनीतिज्ञ बन्जाडे सरल र जनप्रेमी ब्यक्तित्वका रुपमा परिचित छन ।
भुमिका स्थानमा उपप्रमुखमा एमालेबाट बसन्ता पौडेल, नेकपा एकीकृत समाजवादीबाट सुनिता वेलवासे, जसपाबाट माया पन्थी पनि चुनावी मैदानमा छन ।


प्रकाशित : २०७९ बैशाख १७, शनिबार १५:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech