ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले बाणगंगा ८ को प्रतिबद्धता पत्रः गौशाला निर्माण देखि स्मार्ट कृषि गाँउ (पुर्ण पाठ)

Lumbini Darpan 2 २०७९ बैशाख २०, मंगलवार १८:५८
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै एमाले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं ८ ले वडाको विकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको तर्फबाट बाणगंगा ८ को वडाध्यक्षका पदका उम्मेद्वार बाबुराम अर्यालले वडाको शिक्षा, कृषि, भौतिक विकास, रोजगार लगायत वडाको समग्र विकासको खाका प्रस्तुत गर्नुभयो । अध्यक्षका प्रत्यासी अर्यालले वोडगाउँलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आफुले प्रयत्न गर्ने बताउनु भयो ।

प्रतिवद्धता पत्रमा आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सस्थांगत विकास तथा सुसाशन लगाएतका बिषय समेटिएका छन् । संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, केन्द्रिय सदस्य तथा कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य गुणानिधी भुसाल, चेतनारायण भण्डारी वडा नं. ८ का वडा सदस्यका उम्मेद्वार विश्वास जिसी, शैलेन्द्र बेल्बासे, दिना थारु, शारदा परियार लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ८ को निर्वाचन परिचान कमिटीका संयोजक टुकलाल गैरेले बताउनु भयो ।

प्रतिवद्धता पत्र (पुर्ण पाठ)

२०७४ सालको स्थानीय निर्वाचनमा हाम्रो पार्टी नेकपा (एमाले) का सम्पूर्ण उम्मेदवारलाई बिजयी बनाउने वडाबासी जनताहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ । यस अवधिमा वडाको आर्थिक बिकास सामाजिक बिकास पुर्बाधार बिकास वन वातावरण तथा विपद व्यवस्थापन, संस्थागत बिकास तथा सुसाशनका बिषयहरुलाई अत्यन्त योजनाबद्ध रुपमा कार्यान्वयन गरि नगरमै फरक पहिचान सहित उल्लेख्य उपलब्धिहरु हासिल भएको कुरा सर्वबिदितै छ । सामाजिक न्यायको सवालमा होस वा दिर्घकालीन प्रभाव पार्ने योजनाहरुलाई प्रथामिकता सहित तत्कालिन प्रचारबाजी भन्दा पनि दिर्घकालिन प्रभाब पार्ने गरि कार्यसम्पादन गर्ने कुशलतामा – यस वडालाई अनुकरणिय रुपमै लिईएको छ । अहिले हामि दोश्रो स्थानीय तहको निर्वाचन संगै नेतृत्व हस्तान्तरणको सुन्दर पक्षलाई आत्मसात गर्दै सक्षम, सवल क र्तव्यनिष्ठ, अनुशासित एवँ समग्र वडाको हालसम्मको विरासतलाई निरन्तरता दिदै समग्र विकासलाई सशक्त रुपमा नेतृत्व गर्न सक्ने होनहार युवा तथा अगुवा व्यक्तित्वलाई उमेदवारको रुपमा अगाडी सारेका छौ ।

हाम्रो पार्टि बिकासका आयामहरु प्रति प्रष्ट र प्रतिबद्ध छ । जनतासँग अन्तरक्रिया गर्न अरुको टिप्पणी गर्न भन्दा आफ्ना एजेण्डा राख्नुलाई उचित ठान्दछ त्यसैले ‘समृद्ध वडा सुखी वडा वासी’ को मूल नारा सहित वडा बासी बीच आगामी ५ वर्षमा गरिने मुख्य प्रतिबद्धताहरु निम्नअनानुसार प्रस्तुत गरिएको छ ।

आर्थिक विकास
 व्यबसायिक कृषि, पशुपालन, माहुरी पालन, बेमौसमी खेती तथा नगदेबालीको लागि सहयोग युवा उधमशिलताको लागि क्षमता बिकास अनुदान सहयोग सहितको बिशेष सहयोग कार्यक्रम सन्चालन गरिने छ ।
 सहकारिता, परम्परागत सिपहरुको व्यबसायिक प्रवर्धन, महिला उधमशिलता जस्ता क्षेत्रमा लगानी विस्तार, प्राबिधिक सहयोग, सहजीकरण तथा बजारीकरणलाई मुख्य मिशन बनाइने छ ।
 मोर्मिको कोईलीपार, बाणिगाउँ तथा चप्परगाँउलाई स्मार्ट कृषि गाउँको रुपमा विकाश गरिने छ भने पशुपालक ब्यवसायिहरुको लागि आबश्यक सहयोग गरिने छ ।
 युवा उद्यमिहरु, रिटर्नि , शैक्षिक बेरोजगारको सुचि तयार गरि शीपका आधारमा सहयोग कार्यक्रम सन्चालन गरिने छ ।

सामाजिक विकास
 शैक्षिक पुर्वाधारहरुको थप विकास र विस्तार गर्दै गुणस्तरीय शिक्षालाई सशक्त रुपमा अगाडी बढाईने छ । शैक्षिक बिकासमा एकरुपताकालागि वडा शिक्षा समन्वय समितिको अभ्यासलाई प्रभावकारी बनाईने छ ।
 अति बिपन्न,दलित, जनजाती, अल्पसख्यक तथा मुश्लिम बालबालीकाको लागि शैक्षिक सहयोग कार्यक्रम निरन्तर गरिने छ ।
 बिद्यालय सुरक्षा तथा शिक्षामैत्री बातावरण श्रृजना गर्न समुदायको सहभागितालाई सुनिश्चित गर्ने र भौतिक बातावरणमा ब्यापक सुधार गरिने छ ।
 बालापुर बाल विकास केन्द्र तथा वरकतिया प्रा.बि. मा रहेका वालबिकस तथा धार्मिक बिद्यालयमा पुर्बधार व्यबस्थापन तथा गुणस्तरको नमुना अभियानलाई पूर्णता दिइने छ ।
 सबैका लागि स्वास्थ्य भन्ने सबालमा नमुना स्वास्थ्य चौकी र आयुर्वदि सेवा केन्द्र लाई बिशेष प्रथामिकता दिइने छ . साथै जेष्ठ नागरिक तथा महिलाहरुको स्वास्थ जाँचको लागि हरेक वर्ष बिशेषज्ञ सहितका स्वस्थ्य शिविर सन्चालन गरिने छ ।
 आदिवासी, थारु, जनजाती, अल्पसंख्यक मुस्लीमहरुको भाषा, संस्कृति तथा शीप संरक्षणको लागि संन्चालन भएका कार्यक्रमहरुलाई नियमिति गरिने छ ।
 अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला, वालबालिका एबं असाहय जनता को लागि जीविकोपार्जन,शीप बिकास तथा विशेष संरक्षण कार्यहरु लागु गरिने छ ।
 वडा भित्र रहेका संघ–संस्था, सहकारी, सामुदायिक बन, धार्मिक संस्था, उपभोक्ता समिति, सामुदायिक संस्थाहरुसँग सहकार्य साझेदारीका माध्यमबाट आर्थिक सामाजिक सशक्तिकरणमा सहयोग गरिने छ ।
 वडाका ६ स्थानमा जेष्ठ नागरिक बिश्रामलय (दिवा,हाल एक वटा संन्चालन भईरहेको) संचालन ÷ व्यवस्थापन गरिने छ ।
 थारु समुदायको संस्कृति संरक्षणका लागि यसै वडा बाट थालनी गरीएको अभियानलाई अझ व्यवस्थित गर्दै जनजाति सांस्कृतिक केन्द्र निर्माणको कार्यलाई अगाडि बढाईने छ ।
 दलितहरुको परम्परागत सिप तथा अनुभवलाई आधुनिकीकरण गर्ने “सर्जक र व्यावसायिकता संगसंगै” भन्ने नारा सहित आबश्यक सहयोग गरिने छ ।
 धम्मनन्दन बिपश्यना ध्यान केन्द्र मधुबन धाम, ओशो तथागत आश्रम वोडगाउँ तथा बम्हाकुमारि ईश्वरिय विश्व बिद्यालय ढोडेकोललाई योग, साधना तथा ध्यान क्षेत्रको रुपमा बिकास गर्न आवश्यक सहयोग तथा सहकार्य गरिने छ ।
 युवाहरुको लागि खेलकुद तथा रचनात्मबक कृयाकलाप संन्चालन गरिने छ । दुब्र्यशनमा परेका युवाहरुलाई सुधार गर्न अभिभावक सचेतना, समुदाय सचेतना, बिद्यालय सचेतना जनता कार्यक्रम संन्चालन गरिने छ ।

पुर्वधार विकास
 वडा भित्रका सबै सडकहरुको वर्गीकरण भई सडक गुरुयोजना तयार भईसकेको छ । अव कोही योजना अनुसार गुणस्तरीय सडक पुर्बधार विकास तथा बिस्तार गरिने छ ।
 सडकहरु बिस्तार गर्दा हरियाली, नाला तथा कुलोको निर्माण सहित ब्यवस्थित गरिने छ ।
 वडाभित्र रहेका सार्बजानिक भवन तथा सामुदायिक भवनहरुको संरक्षण गरिने छ ।
 वडामा बस्तीहरुको ब्यापक बिस्तार सँगै अब्यवस्थित भईरहेको बिद्युतिकरणलाई ब्यवस्थित र गुणस्तरीय बनाउन बिशेष पहल गरिने छ ।.
 कपिलधाम–बुट्का जल बिहार मोर्मि, त्रिशक्ति पार्क, रेतेनी बालउद्यान उदयुर, मधुबन बनभोज स्थल, शान्ति बगैचा पुल्चोक तथा महत्वपूर्ण स्थानहरुको संरक्षण र विकासका लागि गुरुयोजना तयार गर्दै आवश्यक आयोजना अगाडि बढाइने छ ।
 सबैको घरमा शुद्ध पानीको व्यवस्था गरिने छ । खाने पानि आयोजनाहरुलाई एकीकरण गरि बृहत आयोजनाको रुपमा व्यवस्थापन गर्दै विश्वव्यापी मापदण्डको आधारमा सेवा उपलब्ध गराइने छ ।
 बाणगंगा पुल्चोक देखि मधुवन धाम हुदै श्रृङ्गिघाट बालाकुण्ठ, पावर अर्घाखाची जोड्ने सडक निर्माण लाई निरन्तरता दिइने छ।्र
 बोडगाउँबालापुर, जलेश्वर धनेशपुर बनगाई सडक, चप्परगाउँ ढोडेकोल मोर्मि सडक, गन्सहवा बण्डौली मधुबन सडक, बोडगाउ मोर्मि जिनवा सडक, चप्परगाँउ मधुबन धाम सडकलाई वडा बिशेष सडकको रुपमा सुधार, बिस्तार, तथा अधुरो निर्माण समेत सम्पन्न गरिने छ ।
 साथै सिंचाईका लागि नहर, कुलो, कजवेको सुधार, विस्तार तथा बोरिंगहरुको मर्मत संभार तथा विस्तार गरिने छ ।
 माया देवी रंगशाला निर्माण कार्यलाई सम्पन्न गर्न प्रदेश तथा संघमा बिशेष पहल गरिने छ .साथै विभिन्न टोलमा भएका खेलमैदान सुधार तथा ;संरक्षण गरिने छ ।
 बालापुर – बैकुण्ठपुर क्षेत्रलाई जोड्न निर्णय भईसकेको झोलुंगेपुलको आयोजनालाई आवश्यक समन्वय गरि कार्यान्वन गर्न पहल गरिने छ ।
 श्रृङिगघाट पश्चिम नहर (मुख्य) लाई पुरै पक्कि गर्दै पहिला कुलो र नाला अनि बाटोको नीति अबलम्बन गर्दै बहुउपयोगि गुणात्मक पूर्वाधार निर्माणका योजना कार्यन्वयन गरिने छ ।
 मधुबन धाममा बनीरहेको गौशाला निर्माण बिस्तार गर्दै ५ वर्ष भित्र कम्तीमा ५०० गाई ब्यवस्थापन गर्न सक्ने गरी मधुबनधामलाई आवश्यक सहयोग गरिने छ ।

वन, वातावरण तथा विपद व्यवस्थापन
 सुचिकरण गरिएका वडा भित्रका पोखरीहरुलाई पानी सन्चित भण्डारको रुपमा ;संरक्षण गर्दै थप सौन्दर्यकरण गरिने छ ।
 मधुबन बगर क्षेत्र तथा बाणगंगा पुल देखि लक्ष्मणघाट सम्मको खाली जग्गाहरुमा वृक्षरोपणर संरक्षण गर्न ओशो आश्रम सहितका संस्थाहरुसंग समन्वय गरी परिचालन गरिने छ ।
 धनेशपुर–बैकुण्ठपुर बहुद्देश्यीय पार्क निर्माणको गुरुयोजना पर्यटनबोर्डबाट तयार भईसकेकोमा सोको कार्यन्वयनको लागि पहल गरिने छ ।
 बाणगंगा नदि तटीय क्षेत्रको संरक्षण तथा तटीय क्षेत्रमा वसोबास गर्ने समुदायाको लागी संरक्षण तथा जिविकोपार्जन सम्बन्धि प्रथामिक योजना बनाई कार्यन्वयन गरिने छ ।
 वडाका महत्वपूर्ण बजार, सडक तथा सार्बजानिक स्थानहरुको सौन्दर्यकारणका योजना अगाडी सार्ने, सडक बत्तिको ब्यवस्था गर्ने तथा सार्बजानिक स्थानहरुको नियमित सरसफाईको व्यवस्था मिलाईने छ ।
 छाडा चौपायाको नियन्त्रणको लागि वडास्तरिय योजना बनाउने, र अन्यउ निकायलाई आवश्यक योजना बनाउन सहयोग गरिने छ ।
 वडा भित्ररहेका सामुदायिक बनहरुले बिकासकार्यमा गरेको सहकार्यको उच्च संम्मान गर्दै रचनात्मक सहकार्य तथा साझेदारीका थप कार्यक्रम संन्चालन गरिने छ ।
 वडा कार्यलय अगाडिको पोखरीलाई नमुना पोखरीको रुपमा निर्माण गरि सौन्दर्यकरण गरिने छ ।
 बजार क्षेत्रबाट निस्कने फोहेरको उचित ब्यवस्थापन गर्न बजारबासीले देखाएको पहलको सम्मान गर्दै जनतालाई सहज हुने थप उचित कार्यक्रम संन्चालन गरिने छ ।

संस्थागत बिकास तथा सुसाशन
 वडाका सम्पुर्ण सुचनाहरुलाई ब्यवस्थित गर्दै कार्यालयलाई अझ थप प्रबिधि मैत्री बनाइने छ ।
 नियमत सेवाहरुमा आधुनिक प्रविधिको प्रयोग गरि छरितो,सुरक्षित र त्रुटिरहित बनाईने छ ।
 वडाभित्रका सबै घरधुरीहरुको डिजिटल प्रमाणीकरण तथा नम्बर प्रदान गरि पहिचान तथा सेवा प्रबाहलाई प्रभावकारी बनाईने छ ।.
 वडा भित्रका सुुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुको लगत तयार भैसकेको अवस्थामा माथिल्लो निकायहरु संग समन्वय गरि विवाद रहित जग्गा नापजाँच तथा पुर्जा वितरणको व्यबस्था मिलाईने छ ।
 वडा भित्र बसोबास गर्ने भूमिहिनाहरुको लागि आवश्यक घर जग्गाको बन्दोबस्त मिलाईने छ ।
 ३ वर्ष भित्र वडालाई खरको छानोमुक्त गराउने गरी बिपन्न तथा अशक्तहरुको लागि सतप्रतिशत र अन्यको लागि लागत सहभागितामा आवश्यक सहयोग गरिने छ ।
 मुख्य बजार चोकहरुमा सिसि क्यामेरा विस्तार गरि सुरक्षा निकायको समन्वयमा जनधनको सुरक्षा ब्यवस्था मिलाईने छ ।
 वडा भित्र रहेका टोल बिकास संस्थाको प्रभावकारी परिचालनको लागि आवश्यक क्षमता बिकासका कार्यक्रमहरु संन्चालन गरिने छ ।
 वडाको समग्र बिकासमा टोल बिकास संस्था, उपभोक्ता समिति, स्थानिय राजनीतिक दल, सामुदायिक बन तथा विभिन्न संघ संस्थाहरुले गरेको सहयोग सहकार्यका लागि कृतज्ञ छौ . र थप सहकार्यका लागि यहाँहरुकै सहयोग सहभागितामा रचनात्मक योजनाहरु ल्याउने छौ ।

हामी जनता प्रति पुर्णरुपमा उत्तरदायी छौ । हाम्रा प्रतिबद्धताहरु आजसम्म तयार गरिएका आधार, प्रयाश र तयारीको निरन्तरतामा आएका हुन . बिकास र रुपान्तरणको लयलाई पछ्याउन फेरि पनि हाम्रो र्पािर्टका उम्मेदवारहरुलाई बिजयी गराऔ ।

सातै सूर्य सातै छाप दायाँबाया जान्न हात

 


प्रकाशित : २०७९ बैशाख २०, मंगलवार १८:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech