हरि आचार्य, कपिलवस्तु
बाणगंगा नगरपालिका वडा नं. ३ का वडाध्यक्षका उम्मेद्वार सन्तराम रौतारले राजापानीको विकास गरि वडाको पहिचान झल्काउने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार रौतारले राजापानीको विकासलाई विशेष प्राथमिकता दिने बताउनुभयो । वडाध्यक्ष् पदका रौतार संगै महिला सदस्यमा चन्द्रवाती थारु, दलित महिला सदस्यमा गंगा विक, खुल्ला सदस्यमा बाबुराम आचार्य सोमनाथ राना चुनावी मैदानमा उत्रीनुभएको पार्टीका वडा ईन्चार्ज कुल बहादुर सोमैले बताउनुभएको छ । निकै अनुशासित र ईमान्दा व्यक्तिको रुपमा परिचित वडाध्यक्ष पदका उम्मेद्वार रौतार गत स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
निर्वाचन नजिकिदै गर्दा एमालेका उम्मेद्वारहरुद्धारा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिईएको छ । वडाका ११ वटै टोलमा घरदैलो कार्यक्रम सम्पन्न भईसकेको र प्रत्येक घरमा हरेक घरमा जाँदा सबै मतदाता संगै सहभागि भएको प्रचार प्रसार समिति संयोजक योगनाथ सुनारले बताउनुभएको छ ।
वडाध्यक्षमा निर्वाचित भएसंगै रौतारले अघिल्लो कार्यकालमा पुरा हुन नसकेका विकास निर्माणका काम पुरा गर्ने र समृद्ध वडा बनाउने लक्ष्यका साथ उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले बभनी गाउँको मुर्गिया टोलमा निर्माणको चरणमा रहेको होमस्टे पुर्ण रुपमा निर्माण गरि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रौतारले आफ्नो प्यानललाईनै जिताउन आग्रह गर्दै वडाको समग्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, भौतिक विकास निर्माण, खानेपानी, विद्युत लगायतका विकासका पुर्वाधारलाई विशेष प्राथमितका साथ अगाडि बढाउने बताउनुभयो । वडा भित्रका अपांगता भएका व्यक्ति, विपन्न, गरिव, ज्येष्ठ नागरिक, महिला सबै नागरिकलाई समावेश गर्दै अगाडि बढ्ने बताउनुभयो ।




















