हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ९ का नेकपा एमालेका उम्मेद्वारहरु मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा ब्यस्त छन् । एमालेको तर्र्फबाट वडाध्यक्ष पदका उम्मेद्वार दिपक गुरुङ सहित दलित महिला सदस्यका उम्मेद्वार बविता सुनार, महिला सदस्यका उम्मेद्वार कमला पौडेल, सदस्यका उम्मेद्वार ठाकुर प्रसाद पाण्डे र पबित्रा जिसी लगायतको वडावासीको निश्पक्ष रुपमा सेवा गर्ने जुझारु टिम रहेको छ ।
२०५४ सालमा पार्टी सदस्यता लिई सक्रिय रुपमा समाजसेवा तथा राजनीतिका होमिनुभएका वडाध्यक्षका उम्मेद्वार गुरुङ २०५४ सालको स्थानीय तहको निर्वाचनमा साविक निग्लिहवा गाविसको अध्यक्षमा एमालेबाट लोकप्रिय मतका साथ निर्वाचित हुनुभएको थियो । त्यति बेला उत्कृष्ट काम गरि लोकप्रियता कमाउनुभएका गुरुङ अहिले फेरी चुनावी मैदानमा हुनुहुन्छ ।
वडाध्यक्षमा निर्वाचित भईसके पछि विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर ताललाई संरक्षण तथा प्रवद्र्धन गरि फेवा ताल भन्दा उत्कृष्ट बनाउने लक्ष्य रहेको बताउनुभयो । विश्वका चराहरुको वासस्थान बनेर चिनिएको यस ताललाई अन्तराष्ट्रिय रुपमै परिचित बनाई त्यसको माध्यमबाट पर्यटन विकासमा जोड दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वाचनमा पार्टीबाट उम्मेद्वारी दिए पनि निर्वाचित पछि सबै वडावासीको साझा व्यक्ति बनेर जनताको सेवा गर्ने वडाध्यक्ष पदका उम्मेद्वार गुरुङले बताउनुभयो । वडाभित्रको सार्वजनिक जग्गा जमिनको उपयोग गरी सार्वजनिक पार्क, वगैचा, खेलकुद स्थल, पिकनिक स्थलका रुपमा संरचनाहरु निर्माण गर्ने अध्यक्षका उम्मेदवार गुरुङले बताउनु भएको छ ।
त्यस्तै लम्वुसागर क्षेत्रको पुरातात्कि जमिन लुम्विनी विकास कोषले अधिग्रहण गर्ने प्रकृया शुरु गरेकाले आसपासमा रहेका भूमिहिन सुकुम्वासीको ब्यवस्थापन विना उक्त कार्य अघि नवढाउने सुनिश्चितता गर्ने, जगदिशपुर ताललाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा विकसित तुल्याउदै सिमसार क्षेत्र समेतको जगेर्ना गर्ने, कृषिमाथि किसानको निर्वाह मुखी निर्भरता रहेकोले यसलाई ब्यावसायीकरण र एक गाउँ एक पकेट क्षेत्रका रुपमा विकास गरी कृषि उत्पादकत्व बढाउने गुरुङले बताउनु भएको छ । .एक घर एक धाराको अभियान पुरा गर्ने, सबैलाई शुद्ध पिउने पानी उपलब्ध गराउने जनाइएको छ । जगदिशपुर तालको पानीवाट आसपासको क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने काम विशेष रुपमा गर्ने र नदी कटानलाई नियन्त्रण गर्ने, जरलैयाको दाहसंस्कार घाटलाई ब्यवस्थित तुल्याउने बताइएको छ ।
जगदिशपुरमा वनेका सामुदायिक भवन र टावरको पूर्णता र संचालनको पहल गरिने भएको छ । हरनामपुर गाउँ र नहरको वाटो एवम कुश्मा बनकसीयाको वाटो कालोपत्रे गर्ने, वडाभित्रका सबै गाउ सम्मको वँकी वाटो कालोपत्रे गरिने छ ।जहदी—जगदिशपुर—लम्वुसागर—निगालीकोट—जहदी रिङरोडमा पर्यटकीय यातायात संचालन गर्ने र जगदिशपुरमा संचालीत थारु होमस्टेलाई ब्यवस्थित पार्न आवश्यक आर्थिक तथा भौतिक सहयोग वडाका तर्फवाट उपलब्ध गराउने उमेदवार गुरुङले प्रतिवद्धता जनाउनु भएको छ ।
धेरै नागरिक कृषिमा आश्रित रहेकाले कृषि पकेट क्षेत्र घोषणा गरि कृषिलाई आधुनिकिकरण तथा व्यवसायीकरणमा जोड दिने बताउनुभयो । विगतमा पनि एमालेका जनप्रतिनिधिहरुले उत्कृष्ट काम गरेकाले अहिले पनि एमालेकै जनप्रतिनिधिहरुले जित्नुपर्ने मतदाताहरुले बताएका छन् ।




















