कोपवा, संवाददाता
कपिलवस्तुको बाणगंगा ५ मा गठबन्धनबाट साझा उमेद्वार बनेका हसिया हथौडाका उमेद्वारहरुको घरदैलो चुनावी रौनक बढ्ेको छ । भद्र शालिन वडाध्यक्षका उमेद्वार सदस्य मेयर उपमेयरका उमेद्वार सहित मतदाताका घरदैलोमा पुगेका हुन् ।
वडाध्यक्षका उमेदवार जयकरण थारुले यसपट्क वडाको विकास र संमृद्धि सुशासनका लागि मन बदल्ने बेला आएको बताएका छन् ।
घरदैलो कार्यक्रम अन्र्तगरको विभिन्न ठाउँको सभामा बोल्दै उमेदवारहरुले गठबन्धन भई साझा उमेद्वार भएको ले सवैलाई हातेमालोको लागि अनुरोध गरेका हुन् । जस अन्र्तरगत गठबन्धन टिमको घरदैलो उत्साहजनक भएको छ ।
घरदैलो पुग्दा जनमानसमा नेतृत्व परिवर्तनका लागि उत्साह जागेको र अभियान टोलीलाई उत्प्रेरण जागेको बताईएको छ । घरदैलो अन्र्तरगत वडा विभिन्न ठाउँमा र्याली सहित नाचगाँन समेत गरिएको थियो ।




















